कनकाई अनलाईन झापाको कनकाई नगरपालिका सुरुङ्गामा आजबाट चौथो जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाको टिमले दमक नगरपालिकाको टिमलाई ७—० गोल अन्तरको फराकिलो जित निकाल्दै सेमि फाइनलमा प्रवेश पाएको छ । कनकाईको तर्फबाट…
कनकाई अनलाईन कनकाई नगरपालिकाका कमजोर आर्थिक स्थिति भएका ४८१ घरपरिवारलाई नेपाल विद्युत प्राधिकरणले निशुल्क विद्युत मिटर बितरण गरेको छ । नेपालमै पहिलो बिद्युत चुहावट मुक्त स्थानिय तह घोषणा भएको यो नगरपालिकामा प्राधिकरणको आर्थिक सहयोगमा घरमा मिटर नभएका, बिजुली बाल्न नपाएका र अरुको घरबाट बिजुली तानेर बालिरहेका गरिब परिवारलाई उक्त मिटर…
लीलाराज झापाली खेल सुरु भएको दोस्रो मिनेटमै प्रतिद्धन्द्धी थ्री स्टारलाई गोल गर्न सफल बनेपछि लिग विजेता सानमिगल मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ । उपाधिको रक्षासगै मछिन्द्रले यो सिजनको पहिलो उपाधि जित्दै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ । मछिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमिडेलाई थ्री स्टारका खेलाडी…
लीलाराज झापाली झापाको शिवसताक्षी झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको उपाधि रक्षाका लागि लिग बिजेता सानमिगल मछिन्द्र क्लव र रुस्लान थ्री स्टार क्लवले आआफ्नो दावी प्रस्तुत गरेका छन । प्रतियोगिताको आइतबार हुने फाइनल खेलको थप तयारीका वारेमा जानकारी दिने उद्धेश्यले आयोजित प्रि प्रेस म्याच कन्फरेन्समा बोल्दै मछेन्द्रका टिमकोच प्रवेश कटुवाल तथा…
कनकाई अनलाईन जेबी टुहुरे, जीवन शर्मा, राम दुहाल, मधु गुरुङ लगायतका जनवादी गायकले आज बिर्तामोडमा दर्शकलाई नचाएका छन् । गौरिशंकर खड्का स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडको देवी माविमा आयोजित जनवादी साँस्कृतिक कार्यक्रममा उनीहरुले दर्शकलाई नचाएका हुन् । जेबी टुहुरेले आमा दिदी बैनी हो, जीवन शर्माको झरनाको चिसो पानी लगायतका गीतमा दर्शकलाई…
लीलाराज झापाली झापामा जारी तेस्रो सताक्षी गोल्डकपमा लिग बिजेता मछेन्द्रले आर्मीसामु स्पष्ट जित निकाल्दै फाइनलमा थ्री स्टारसगको भेट पक्का गरेको छ । शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मीलाई २—० ले हराउदै फाइनलमा प्रवेश पाउदा आर्मी फाइनल खेलको होडबाट विदा भएको छ । आर्मी सताक्षी गोल्डकपको डिफेन्डिङ च्याम्पियन समेत हो…
कनकाई अनलाईन झापा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगर क्षेत्रकै एक निजी विद्यालयमा ‘जेसीबी लगाएर स्कूल भत्काइदिन्छु’ भनेपछि त्रासको वातावरण सिर्जना भएको छ । नगर प्रमुख शिवाकोटी नेतृत्वको २४÷२५ जनाको समूह बिना अनुमति स्कूल हाताभित्र पसेको र धम्कीपूर्ण अभिव्यक्ति दिँदा विद्यालयमा त्रासको वातावरण सिजर्ना भएको बिर्तामोड–५ स्थित अनारमनी लिवर्टी स्कूलका प्रिन्सिपल…
कनकाई अनलाईन ७० औ प्रजातन्त्र दिवशको अवशर पारेर आज कनकाई नगरपालिका ५ स्थित विपि वन वाटिकामा प्रजातन्त्रका सेनानी विपि कोइरालको पुर्णकदको शालिक अनावरण गरिएको छ । कनकाई नगरपाकिलाको १३ लाख १३ हजार रुपैँयाको लागतमा निर्माण गरिएको सो शालिकको प्रजातन्त्रका सेनानी तथा पूर्व राष्ट्रिय सभाका सदस्य डिल्लीप्रसाद सिटौला र कनकाई नगरपालिकाका…
कनकाई अनलाईन झापामा पछिल्लो समय काठ चोरी तस्करीको घटना वढेसगै डिभिजन वन कार्यालय र शसस्त्र वन रक्षक टोलीले आफ्नो गतिविधि समेत बढाएको छ । बुधवार कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाको शसस्त्र वन रक्षक टोली र दहिझोडा सामुदायिक वनसमुहको गस्ती टोलीको अर्जुनधारा नगरपालिका ४ स्थित दहिझोडा सामुदायिक वन क्षेत्रभित्र राती…
कनकाई अनलाईन झापा । झापाको झापा गाउँपालिकाका ४० बिपन्न सन्थाल परिवारले बस्नका लागि नयाँ पक्की घर पाएका छन् ।झापा गाउँपालिका वार्ड नं १ लसुनामा वर्षौंदेखि कच्ची घरमा बव्दै आएका सन्थाल परिवारलाई ह्युमानिटी फर हेल्भेटासको सहयोगमा विर्तामोडस्थित सहारा नेपाल र झापा गाउँपालिकासमेतको लगानीमा घर निर्माण गरी आज एक समारोहका बीच हस्तान्तरण…