घटना
Image

कनकाई अनलाईनविषम परिस्थितिमा पनि समाजप्रति सदैव उत्तरदायी भूमिका निर्वाह गर्दै आएका मेचीनगरका समाजसेवी राजन चिमरियाले आफ्नो १८ औँ वैवाहिक वर्षगाँठ ९बैशाख २७ गते० स्वास्थ्य सेवामा समर्पित गरेका छन् । रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिने भएका हुन् ।…

Image

डोटी, २६ वैशाख :देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् । गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् ।…

Image

कनकाई अनलाईनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत दिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि यसअघि नै राष्ट्रपतिबाट बैठक आह्वान भइसकेको छ भने काँग्रेसले माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय लिइसकेको छ भने जसपा पनि तटस्थ बस्ने भएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नहुने…

Image

कनकाई अनलाईनझापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर बरामद गरि अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ ।गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको…

Image

कनकाई अनलाईनझापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो । संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड सञ्चालनमा…

Image

फाइल तस्बिर- दोर्ण अधीकारीभद्रपुर,बैशाख २६ ।कोरोना संक्रमितका लागि उपचार गर्ने झापाको एक मात्र सरकारी स्वामित्वको अस्पताल मेचीमा सहजै विरामीले उपचार सेवाका लागि प्रवेश गर्न नसक्ने गरेको गुनासो आउन थालेको छ । कोरोना संक्रमण भए पनि सामान्य अवस्थामा विरामी अस्पताल जान चाँहदैनन् तर स्वास्थ्य जटिलता देखिएपछि बाँच्ने आशमा अस्पताल पुग्न चाहने…

Image

महोत्तरी, २६ वैशाख :कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा शनिबारसम्मको अवधिमा ३८६ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय…

Image

कनकाई अनलाईनपार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा…

Image

मन्जिल नेपालशिवसताक्षी,२५ बैशाख-झापा शिवसताक्षी वडा नम्बर ९ चिल्लागढ बस्ने चन्द्र प्रसाद रिजालको कोरोनाका कारण शनिबार साझ मृत्यु भएको छ । ७५ वर्षका रिजाललाई बिहीबार कोभिड पोजेटिभ रिपोर्ट आएको थियो। उनी पोस्टेजको शल्यक्रिया गरेर बसेका थिए ।

Image

काठमाडौँ, २५ वैशाख :कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् । चाबहिल क्षेत्रमा रहेका…