Kanakai Online

✍️उदय मैनाली-“कोरोना,रेमिट्यान्स र झस्किएको अर्थतन्त्र”


मङ्गलवार, वैशाख २, २०७७ |

✍️उदय मैनाली

विश्व महामारी फैलीएसंग़ै अधिकांश विकसित मूलकका सरकारहरूले अन्य देश बाट आएका बिध्यार्थी, नागरिक हरूलाइ पछील्लो प्राथमिकतामा राखी आफ़ना नागरिकलाई पहिलो दर्जाको सेवा सुविधा दिने घोषणा गरेका छन । यही संदर्भमा आस्ट्रेलियाका प्रधानमंत्री स्कट मोरिसन ले एक वर्ष पूरा नगरेका नेपाली बिध्यार्थीलाई सुरक्षित स्थानमा जान सुझाव दिएर यस्को स्पष्टीकरण दिएका छन ।

हाम्रा प्रधानमंत्रीले यस विषयमा चासो लिएर गरिएको टेलेफ़ोन संवाद स्वागतयोग्य मानिएको छ । कोरोनले विश्व अर्थतंत्रमा नकारात्मक प्रभाव पारिरहेको परिस्थितीमा नेपाली अर्थतंत्र धानेको रमिटेंसको अवस्था कस्तो रहला ? यस्तो स्थितिमा नेपाल फर्केका नेपाली श्रमिक र तिनका आश्रित परिवारले कसरी जीवन चलाउने ? भन्ने गतिलो प्रश्न हाम्रो अगाड़ी तेर्सिएको छ । यस्तो अन्योलमय परिस्थितिमा यदी आस्ट्रेलिया जस्तै अन्य देशले आफ़ना नागरिकको मात्रै हेरबिचार गर्न थाले भने हाम्रो ज़स्तो बिप्रेशनमुखी अर्थतंत्रलाई गतिलो झापड हुने निश्चित प्रायः छ । र यस्को विकल्प हामिले सोच्ने बाध्यात्मक अवस्था आएको छ । स्थानीय रुपमा रहेको स्रोत साधन र पूँजीको उपयुक्त सदुपयोग, कृषि आधुनिकीकरणमा ध्यान र आवास्यक खर्च र विलासितामा नियंत्रण गर्न सके केही हदसम्म अहिलेको चुनौतीको सामना गर्न सकिएला की ?

यो महामारीले बिश्व अर्थतंत्र र मानविय जीवन तहस नहस त भएकै छ तथापि बर्षौ सम्म नभेटिएका आफन्त र परिवारका सदस्य फेरी एक पटक साथ रहने वातावरणको निर्माणलाई हाम्रो जस्तो संस्कार बोकेको समाजमा सुखद नै मान्नु पर्छ ।
तर्सिएको मन एकजुट हुने, फाटिएका सम्बन्ध जोड़िने र मानवीय घमंडलाई तोड़ने प्रकृतिको खेल पो हो की ? मानिस सोच्न बाध्य छ ।

यो महामारीलाई अवसरमा बदलने आँट अब हामिले गर्नै पर्छ र जसरी २०७२ को भूकम्पबाट हामी तंग्रिएर अघी बढेंउ तेसरी नै अब पनी हाम्रो अर्थतंत्रलाई बलीयो बनाऊँन लाग्नु नै अहिलेको अपरिहार्यता हो । जसलाइ ‘साधा जीवन उच्च बिचार’ को दर्शन ले अझ सान्दर्भिक बनाऊँछ ।

सम्बन्धित खबर