Kanakai Online

मोटरसाईकल दुर्घटनामा परि सुरुङ्गाका दिपक सिटौलाको निधन


मङ्गलवार, कार्तिक २६, २०८२ |

कनकाई अननलाईन

झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

गएराती ८ः३० बजेको समयमा कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३न. को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प४२१०न.को मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई ३ सरस्वती टोल निवासी ३४ वर्षीय दिपक सिटौला गम्भीर घाइते भएका थिए ।टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भइसकेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुङ्गानाको कमाण्डमा प्रहरी टोली खटिएर दुबै मोटरसाइकल .र प्रदेश १ —०१५प ४२१० नम्बरका मोटरसाइकल चालक कनकाई ६ बस्ने २३ वर्षीय नितेश बस्नेत र सोही मोटरसाइकलमा पछाडी सवार बाह्रदशी ७ सुन्दर टोल बस्ने २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक ढुङ्गानाले जानकारी दिनुभयो । मृतक दिपकको अघिल्लो बर्ष मात्रै वैवाहिक बन्धनमा बाधिएका थिए भने उनकी श्रीमती २२ दिनकी सुत्केरी रहेकी छिन । अहिले सुरुङ्गा सरस्वती टोलस्थित पिङडाँडा क्षेत्र शोकमा डुबेको छ । मृतक दिपक युवा मेडिकल व्यावसायी हुन ।

फोटो मृतक दिपक सिटौला

सम्बन्धित खबर