Kanakai Online

झर्को विज्ञापनमा रोक लगाउँ


शनिवार, चैत १, २०७६ |

लीलाराज झापाली
हाम्रो मुलुक त्यसैपनि काम भन्दा गफ वढी भयो भनेर आलोचना हुने गरेको छ ।
पछिल्लो समय यहाँ हुने हरेक जसो सभा समारोह र कुनैपनि संघ संस्था या कुनै पसलको सुरुवातनै किन नहोस यसको जानकारीका लागि ध्वनी प्रदुषणकै सहारा लिने प्रचलन वढेको छ ।
निजि पसलको विज्ञापनले वाक्क दिक्क लागेका नगर वाशीहरु कतिपय अवस्थामा आफ्नै पालिकाहरुको सस्तो विज्ञापनका लागि पनि माइकिङकै सहारा लिदा वाक्क दिक्क छन । सरकारले काठमाण्डौ लगायातका देशका प्राय सबै क्षेत्रमा हर्न निशेषको घोषणा गरेको छ । काठमाण्डौमा हर्न लगाएको भन्दै ट्राफिक प्रहरीले डाइभरलाई चिट काटेको समाचार पढ्ने सुन्ने सर्बसाधरणभने आफ्नै गाउँघरमा दैनिकजसो बज्ने अनावश्यक विज्ञापनको मारमा छन । टिभी, रेडियो खोल्दा वढी विज्ञापन आउदा अर्को च्यानल बटार्ने छुट हन्छ । पत्रिकामा बढी विज्ञापन आएमा पाठकलाई पत्रिका नपढ्ने छुट हुन्छ तर आफ्नै घर आगनमा दैनिक फ्रि को विज्ञापन यहाँका नागरिकले नसुनिकन धरै छैन ।

कतिपय अवस्थामा कानको अप्रेशन गरेका विरामी , मुटु रोगी सुत्केरी आमाहरु यस समयमा वढी प्रताडित छन । घर गाउँमा पुजा, विवाह र खासमा पुराण लगाइएको अवस्थामा पुरै गाउँले यसको पिडा भोग्नुपरेको तितो यतार्थ रहदा रहदै अहिले गाउँ गाउँमा कर्कश आवाज सहितको झर्को विज्ञापन आवाजले नागरिकको निदहराम गरिदिएको छ । विज्ञापन गर्नु आफ्नो सामान र सेवाको वारेमा जानकारी दिनेपनि आआफ्नै तैरतरिका होलान ऐन नियम होलान तर सस्तो तरिका भन्दैमा मानविय स्वास्थय र अमनचयनलाईनै दखल पार्ने छुट कसैलाई छैन चाहे सरकारी पक्ष होस या निजि ऐन कानुन सबैलाई बराबरी लाग्न । यसवारेमा ऐन कानुन बनेको छ तर यसलाई पालना गर्नुपर्छ भन्ने सम्म हेक्का कसैलाई छैन । विज्ञापनका लागि एफ एम रेडियो, सामाजिक संजाल , पत्रपत्रिका , या घरघरमा हाते पर्चा दिने सम्मका कार्यहरु गर्नु उचित हुनेछ तर रोगी विरामी र विद्यार्थीको वास्तै नगरी आफ्नो निजि स्वास्र्थका लागि झर्को विज्ञापन गर्नुपनी एउटा अपराध हो ।

सम्बन्धित खबर