कनकाई अनलाईन
नेपालको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर गरेर बनाइएको ‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्न थालेको छ । आर्थिक अवस्था कमजोर भएपछि विदेशिनु पर्ने बाध्यात्मक अवस्थालाई शव्दमा उतारेर भिडियो समेत बनाइएको सो गीतले छोराछोरीलाई विदेश पठाएका आमाबुबाले नेपालमा भोग्नुपरेका अनेकन समस्यालाई शव्दमा उतारेर बनाइएको सो म्यूजिक भिडियोलाई यतिवेला धेरैले रुचाएका छन् ।
हालै युटुर्व मार्फत सार्वजनिक गरिएको सो गीतमा शब्द तथा स्वर झापाली लेखक तथा गायक मात्रृकाप्रसाद सँग्रौलाको रहेको छ । पदम तामाङको निर्देशनमा बनेको सो म्यूजिक भिडियोमा जनक खड्का र भगवती न्यौपाने लगायतले उत्कृष्ठ अभिनय गरेका छन् । भुपेन्द्र गुरुङको छायाङ्कन रहेको सो म्युजिक भिडियोको सम्पादन रविन थापा मगरले गरेका छन् ।
पछिल्लो पुस्तालाई विदेश पानी पँधेरो जस्तो भएको र नेपालमा हुने आमाबुवालाई सारो ग्राहो पर्दा हेरविचार गर्ने कोहि नहुँदा दैवको भरमा बस्नुपर्ने बाध्यतालाई सँग्रौलाले शव्दमा उतारेका हुन् । ती शव्दलाई अभिनयको माध्यमबाट कलाकार जनक खड्का, भगवती ढुंगेल, बीरबहादुर भुजेल लगायतले मूर्तरुप दिएका छन् । म्यूजिक भिडियो हाइलाइष्ट्र नेपाल प्रालिले बजारमा ल्याएको हो ।