Kanakai Online

अब मदरगाछमा एनआईसीको शाखा रहित बैकिंग सेवा


मङ्गलवार, फागुन २०, २०७६ |

कनकाई अनलाईन
झापा गाउपालिका ग्रामीण भेगमा एनआईसी एशिया शाखा
रहित बैकिंग सेवा उदघाटन भएको छ।
यही मिति २०७६ फागुन १९ गते झापा गाउपालिका वाड ७
मदरगाछ बजारमा शाखारहित बैंकिंग सेवा सुचारू भएको हो ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथि जय नारायण शाह, बार्डध्यक्ष नेत्र उप्रेती बैकका प्रदेश प्रमुख दीपक
थापा सुरूँगा शाखाका प्रमुख सागर दाहाल लगायत उपस्थित अतिथीहरुले
पानसमा दिप प्रज्वलन गरेर शाखा रहित बैंकिंग सेवाको उदघाटन गर्नु भएको थियो।
झापा गाउँपालिकाको सबै आर्थिक काम गर्दै आएको एनआइसी एसिया बैकको सो साखा रहित बैकले बृद्धभक्ता थाप्न १२ किलोमिटर टाडाको कुमरखोदमा जानुपर्ने बाध्यता हटेको साखा रहित सेवाका प्रमुख टिकाराम पाठकले बताउँनुभयो । सो साखारहित बैकमा ५ लाख सम्मको नगद लिन र चेक साट्न सकिने आवश्यक परेको वेला यसलाई बढाउदै लैजाने समेत पाठकलले बताउँनुभयो ।
सेवा सुरुसगै झापा गाउँपालिका ७,६,५ र कनकाई नगरपालिकाको ५ नम्बर वार्डवाशी समेत लाभान्वित बन्ने भएका छन ।

सम्बन्धित खबर