लीलाराज झापाली
त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुडाथोकील चक्केपछि झापाको बिर्तामोडमा जारी प्रथम अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ ।
सोमवार भएको फाइनल खेलमा चर्च ब्वाईज क्लव काठमाण्डौलाई २—० गोल अन्तरले हराउदै आर्मी बिजयी बनेको हो । उपाधि सगै आर्मीले नगद १२ लाख ५० हजार प्राप्त गर्यो । उपबिजयी बनेको चर्च ब्वाईजले नगद ६ लाख २५ हजारमा चित्त बुझायो ।
आर्मीका लागि दुबै गोल टेकबहादुर बुडाथोकीले गर्नुभयो । बुडाथोकीले खेलको पहिलो र दोस्रो हाफमा बराबर एक एक गोल गर्नुभयो । खेलको ३१ औ मिनेटमा बुडाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । टंक बस्नेतको पासमा सटिक प्रहार गर्दै बुडाथोकीले गोल जिततर्फ टिमलाई लैजानुभएको थियो ।
पहिलो हाफमा १—० गोलले पछि परेको चर्च ब्वाईज गोल फर्काउन खोज्ने क्रममा थप एक गोल खान पुगेको थियो । खेलको अन्तिम समय ८० औ मिनेटमा वुडाथोकीले दोस्रो गोल गर्नुभयो । खेलको अन्तिम समयमा बराबरी गोलको गोलको खोजिमा रहेको चर्च ब्वाईजमाथि आर्मीका विवेक बस्नेतको पासमा आर्मीका टेकबहादुर बुडाथोकीले गोल थप्दै निर्णायक गोल गर्नुभयो ।
खेल अवधिभर दुबै टिमबाट भएका केहि प्रयासहरु खेर गएको थियो । बिजयी तथा उपबिजयी दुबै टिमलाई प्रदेशका मुख्यमन्त्री शेरधन राई प्रदेशसभा सदस्य झलकसिंह दलार्मी शन्दश लगायातले नगद तथा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको सवोकृष्ट खलाडी आर्मीका टेकबहादुर बुडाथोकी हुनुभयो । उहाँले टिभिएस कम्पनीको मोटरसाईकल प्राप्त गर्नुभयो । यसैगरि खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका अशोक खबास हुनुभयो उहाले नगद १० हजार रुपैया पाउनुभयो भने । प्रतियोगिताको उत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत , उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने , डिफेन्स आर्मीकै दिपक गुरुङ्ग, मिड फिल्डर चर्च ब्वाईजका सुनिल खड्का , उकृष्ट गोलकिपर आर्मीका दिवश चौधरी हुनुभयो । उहाँहरु सबैलाई नगद १५ हजार रुपैँया रुपैया प्राप्त गर्नुभयो ।
तस्वीर ः उपाधिका साथ त्रिभुवन आर्मीका खेलाडी लीलाराज झापाली
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला