Kanakai Online

कनकाई क्याम्पसको समस्या अव समाधान हुन्छ अध्यक्ष चुडाल


आइतवार, कार्तिक २४, २०७६ |

कनकाई अनलाई

झापाको कनकाई नगरपालिका रहेको कनकाई बहुमुखी क्याम्पसमा केहि समयदेखि विवाद भइरहेको छ । क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विधार्थी विच नै चरम विवाद रहेपछि पठनपाठन पनि प्रभावित छ । बाहिरबाट हेर्दा देखिएको विवादीत क्याम्पसमा वास्तवमा के भएको हो रु क्याम्पसभित्रको विवादले आम नागरिक , सरोकारवाला चिन्तित छन् । यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकास चुडालसँग हाम्रा संवाददाता सिएम शर्माले गरेको कुराकानी ………

१, क्याम्पसको वास्तविक समस्या के हो
क्याम्पस संचालनमा अवरोध भएसंगै एकजना प्राध्यापकको निष्कासनको विषय क्याम्पसमा मुल समस्याको रुपमा आएपनि अलि कति पृष्ठभूमि जोड्न चाहान्छु । प्राध्यापक हरि तिम्सिनालाई अनुशासन मर्यादा विपरीत काम गरेको कारण निजलाई निष्काशन गरियो । त्यो दिनको मितिबाट । तर जुन गतिविधिहरु विगत अठार महिना म क्याम्पस जाँदै गर्दाको समयदेखि उहाँले गर्दै हुनुहुन्थ्यो उहाँलाई मैले पटक पटक आग्रह गरेको छु । विनम्रता पूर्वक सर यस्तो हो कुरा , तपाईंको बिचमा त्यो खालको कुरा बाहिर आएको छ । तपाई बिद्यार्थीलाई प्रशासन घेराउ गर्न पठाउनु हुन्छ ।

हामी बिद्यार्थीलाई सवारी साधनमा टाढाबाट तेल खर्च गरेर लिएर आउछौ । तपाई प्राध्यापक संघको नाममा बैठक जोडि दिनुहुन्छ । बिद्यार्थीहरु अलपत्र पर्छन् । कम्तीमा अब यो बैठकहरुलाई पनि दुई तीन घण्टी पछि लगेर राखिने होकी, दिउँसो गर्ने होकी , यसलाई समायोजन गर्नुहोस् । हामी भन्छौ उहाँ चै के छ भने क्याम्पस प्रमुख भन्दा माथि गएर कक्षा कोठामा गएर ए भाइ बहिनी हो तपाई हरुलाई भोलि कक्षा संचालन नहुने कुरा जानकारी गराउछु । भोलि पठन पाठन हँुदैन जस्ता विविध गतिविधि गर्ने , राम्रा प्राध्यापकहरु आउन नदिने , भित्र भएका कुराहरुको बाहिर अर्कै प्रकारले हुईयाँ ल्याउने र राम्रा प्राध्यापकहरु आउन नदिने , उहाँको एकदम गुरुयोजना नै त्यहि देखिन्छ ।

बिगत लामो समय देखि ब्यवस्थापन समितिमा जाने आदरणीय अग्रजहरुबाट प्रष्ट रुपमा कुराकानी भएको छ । उहाँहरुको भेटघाटमा हरेक पटक हरि सरले नै राम्रा प्राध्यापक आउन दिनुहुँदैन भन्ने कुरा आउछ । कसरी रु भन्दा क्याम्पसमा तलव नै पाइदैन । यस्तो भ्रमात्मक प्रचारहरु गरिदिनु हुन्छ । यस्ता खालका क्याम्पसलाई नै अहित हुने खालका गतिविधि जुन उहाँबाट भएको छ । यसमा हामी अझै पनि दुखी छौं । धेरै प्राध्यापकहरुलाई तोडमोड गरिदिने अनि प्रथम श्रेणीको बिद्यार्थीलाई पहिलो प्राथमिकता अथवा एम फिललाई विना अन्तर्वार्ता , पिएचडीलाई स्वतः स्थाई भन्ने जुन खालको हाम्रो नारा छ , हामीले जुन बिधानमा ल्याउदै छौ । त्यो खालको प्रकृयाबाट राम्रो शिक्षकहरु ल्याएर गुणस्तरीय शिक्षा पठनपाठन गराउने कुरामा हामी अहोरात्र खटेका छौ ।तर यहाँ स्वयं हरि सर नै बिद्यालयका साथीहरूलाई गएर के भनी रहनु हुन्छ भने यो त त्रि।वि। को बिधानबाट बाहिर गयो । त्रि।वि।मा न्यूनतम दोस्रो श्रेणी भए हुने भनेर लेखिएको छ । हाम्रो क्याम्पसमा हाम्रो अध्यक्षलाई चै प्रथम श्रेणी किन चाहियो रु त्यो एउटा मुद्दा बनाई दिनुभयो , शिक्षक साथीहरूको बिचमा एकखालको तानाबाना बुनिदिनुभयो । हिजो अस्ति भर्खरै मात्रै अंग्रेजी शिक्षक मागेका थियौ । अंग्रेजीको बिज्ञापन खुलाई रहँदा न्यूनतम प्रथम श्रेणीमा हुनुपर्ने छ । हामीले माग्यौ , जो अहिलेको लागि हामीलाई चाहिएको छ । अब प्रथम श्रेणीमा मागिरहँदा थुप्रै शिक्षक साथीहरूलाई फोन गरेर मलाई अवरोध गरिदिनु भयो ।

त्रि।वि।मा दोस्रो श्रेणीमा हुन्छ तपाईलाई किन प्रथम , नगरपालिकामा मुद्दा हालिदिन्छु जस्तो खालको । तर उहाँहरुले नबुझेको कुरा वा मैले नबुझेको कुरा हो , त्यो म बुझ्न सक्दिन । म के भन्छु भने त्रि।वि। ले न्यूनतम दोस्रो श्रेणी हुनुपर्नेछ भनी लेखिरहँदा केहि पाएनौं , प्रथम , डिग्री पाएनौं , एम फिल पाएनौं भने चै दोस्रो श्रेणी भए पनि ल्याएर चलाउँ है भनेर भनेको होला । मेरो आशयले म बुझ्छु ।

तर यहाँ विगत लामो समय देखि प्राध्यापक , उपप्राध्यापक , सहप्राध्यापकको नाममा सरकारी बिद्यालयको शिक्षक , मा।वि।को शिक्षक अनि डिग्री पढाउने शिक्षक साथीहरूको दिमाग चै होइन । यो त दोस्रो श्रेणीले लडाइँ गरेर लिनुपर्ने अनि राजनीति माहोल बनाएर जागिर आफैले खानुपर्ने , प्रथम श्रेणी वाला , पिएचडी वाला एम फिलहरु विदेश जानुपर्ने आशय र अभिब्यक्ति म माथि प्रहार हुन्छन् । जो यो म बाट हुदैन । म बाट क्याम्पसमा शिक्षकहरुको पद पूर्ति गरिरहँदा न्यूनतम प्रथम श्रेणी हुनुपर्छ ।

अधिकतमको कुरा रहेन । यस मान्यतालाई लिएर जाँदा प्रथम श्रेणी पनि भेटिएन भने दोस्रो श्रेणीको कुरा दोस्रोपटक तेस्रोपटक सूचना जारि गरेर ल्याउने कुरा पनि छदै छ । यसलाई तपाईंको संचार माध्यमबाट सार्वजनिक सूचनाकै रुपमा राखिदिन पनि म अनुरोध गर्दछु । यसरी शैक्षिक गुणस्तरलाई कसरी अभिवृद्धि गराउने भन्ने कुरा हो । क्याम्पसमा गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने बिचको हाम्रो लडाइँ हो । गुणस्तरीय शिक्षा प्रदान नगरिकन बिद्यार्थीको भविष्य उज्जवल छैन । त्यस कारण अभिवृद्धिमा लागेको सञ्चालक समितिको बिचमा बाधा उत्पन्न हुने कृयाकलापहरु आएको कारणबाट क्याम्पसमा समस्या उत्पन्न भएको हो ।
२, अब समाधान कसरी हुन्छ रु समाधानको लागि के प्रयत्न गर्नु हुदैछ
प्राध्यापकको लामो योगदान यो वा त्यो भन्नू भन्दा पनि यसको खास समाधान भनेको अहिले जुन हामी क्युइए मापदण्डको लागि क्याम्पस अगाडि बढाइरहेको छौ । क्युइए प्राप्तिका लागि सरकारी सेवा सुविधा लिएर सरकारी शैक्षिक क्षेत्रहरुमा काम गर्ने शिक्षकहरु नराख्नु भन्ने नै मान्यताबाट एक खालको योजना बनेर आइ सकेको छ । त्यस कारण यो कुरालाई हामीले लागू गर्दै जाने क्रममा यस्तो भएको हो ।

समाधानको कुरामा प्रत्यक्ष रुपमा क्याम्पसमा सरोकार राख्ने क्याम्पसको विधिविधान नियमावलीले आफ्नो पाटो रह्यो । अब यो सबै कुराहरु सँग तालमेल मिलाउने कुरामा माथि क्युइएको कुराहरु तालमेल नमिल्न सक्छ । क्युइए प्राप्त गर्दै जाँदा खेरिको योजना के छ भने सामुदायिक क्याम्पसमा पठनपाठन गराउने प्राध्यापकहरु विशुद्ध सामुदायिक क्याम्पसको मात्र रहनु पर्दछ । ताकि बाहिर सरकारीमा पढाउने कुनै पनि शिक्षक हुनु हुदैन भन्ने मान्यता रहेको छ ।
हामीसँग प्रशस्त समाधानका बाटाहरु छन ।

बार्ता र सहमतिबाट जाने एउटा कुरा रहयो । वार्ता र सहमतिबाट जादै गर्दा विधि र विधानलाई टेकेर गर्ने कुरा अर्को कुरा भो । अन्तिम अन्तिम चरण तिर आउदै गर्दा आन्दोलनका चरणहरु कस्ता प्रकारका रहे रु कस्तो रहयो रु सर्व विधितै छ । एउटा नैसर्गिक अधिकारका लागि , अधिकार प्राप्तिका लागि लड्ने कुरा के के बैधानिक आधारहरु हुन सक्छ रु के के अबैधानिक पाटाहरु हुन सक्छन रु राम्रोसँग मुल्यांकन गरेर आन्दोलनरत पक्षले बुझिदिनु पथ्र्यो । कालो झण्डा गाडि दिनु भयो , पुत्ला जलाई दिनुभयो , ताला बन्दी गरिदिनुभयो स्वभावैले यो विगत लामो परम्परा हाम्रो कायमै छ । यद्यपि अन्तिम तहसम्म आउदा कालो मसोनै दल्ने खालको एउटा घृणित , अमानवीय र अभद्र ब्यवहारबाट चै म अलिकति पीडित छु । जो एउटा अन्तराष्ट्रिय मान्यतामा के भन्छ , कस्ता मान्छेलाई कालो लगाईन्छ , आज म कुन प्रकारको मान्छे थिए । सुरुङ्गामा सारा मान्छेहरुको भावना बुझिरहँदा हुन्छ ।

यहाँका मानिसहरु के भनिरहेका छन् । यो सुरुङ्गामा जुन सामाजिक काम गरे आज ४८ बर्षको उमेर सम्म आईपुग्दा म १४ बर्ष देखि यो ठाउँमा लोकल राजनीतिमा, लोकल सामाजिक भावनामा कुदेको मान्छे हु । आज क्याम्पसको अध्यक्ष भइरहँदा म हिजो थिईन र भोलि रहन्न, आज छु आजै गर्छु , राम्रो काम गर्छु । शैक्षिक संस्थालाई सुधार गरेर ल्याउनु पर्छ भनेर अगाडि बढिरहेको मान्छेलाई मलाई अकस्मात आन्दोलनको नाममा कालो मसो दलीयो , दल्ने साथीहरूको बिचमा पनि मैले आग्रह गरेको छु । अब यो राम्रो काम त भएन । अहिलेसम्म उहाँहरुबाट कुनै सहानुभूति पनि पाएको छैन । दल्ने दलीए जस्ले खटाएर पठाएको छ , जसले नस्ता सेवन गराएर पठाएको छ । बिद्यार्थीहरुमा भड्काउ गराएको छ ।

पाँच जना पूर्व विद्यार्थीको नामबाट दसौं बर्ष देखि क्याम्पसमा राजनीति गर्दै आउनु भएको छ । यो कतिको वैधानिक हो रु कतिको विधिवत छ रु उहाँहरुको विरुद्धमा मैले जाहेरी हालेको छु नेपाल सरकारमा । जाहेरी परिसकेपछि पुलिस प्रसाशन लागेको छ । अब उहाँहरुलाई धर पकड गरिनु परो , कानुनी कठ्घरामा ल्याइनु परो । राज्य यदि छ भने कि मैले न्याय पाउनु परो कि उहाँहरुले पाउनु परो । उहाँहरुले उचित गरेको भए मलाई कठघरामा उभ्याउनु परो होइन भने उहाँहरुलाई उभ्याउन पर्यो । तत् पश्चात् हामी क्याम्पसको एक खालको विधि विधान मिलाउने कुरामा छौ । क्याम्पससभा मार्फत यसको निकास खोज्ने छौ । निकट भविष्यमै क्याम्पस सभा हुन लागिरहेको म यहाँहरुलाई जानकारी गराउछु र क्याम्पस सभाले नै यसको सबै समस्या हल गरेर आउछ । हाललाइ शुक्रबारबाट पठन पाठन सुचारु भइ सकेको छ ।
३, आन्दोलित प्राध्यापक पठनपाठनमा जानुभयो
आन्दोलित शिक्षकहरुको बिचमा पनि एकमत छैन । अहिले अन्तिम अन्तिम समयमा आएपछि आन्दोलनले सिमा नाघेको बुझेपछि अब यसरी हुदैन । हामी जे कामको लागि आएका हौ, त्यो काम हामीले गर्नुपर्छ । अब भड्काउमा लागि , वर्गीय स्वार्थमा लागि पठनपाठन गर्ने शैक्षिक थलोलाई बिगार्नु हुदैन भनेर प्राध्यापकहरुबाट पनि केही केही कुरा सुन्नमा आएको छ । खुशी लागेको छ । उहाँहरु कक्षा लिने कुरामा जाँदै हुनुहुन्छ । आफु बिचमा सरसल्लाह गर्दै हुनुहुन्छ र निकास उहाँहरुले नै हामीलाई दिनुहुने छ, बिश्वास छ ।

४, प्राध्यापकलाई बिनाकारण निकालिएको भन्ने चर्चा छ , वास्तविकता के हो
कसैलाई पनि बिनाकारण निकाल्ने भन्ने कुरा आउदैन । हाम्रो क्याम्पसको सन्दर्भमा भन्नू पर्दा जुन उल्झन भएको समस्या छ त्यो समस्या निम्त्याउने र अवकाश प्राप्त हाम्रा आदरणीय गुरु हरि प्रसाद तिम्सिना ज्युबाट क्याम्पसको विधि बिधान भन्दा आफुलाई माथि सम्झेर त्यसलाई अवहेलना गरेको पाइयो । संचालक समिति , प्रशासनलाई अटेर गरेको अवस्था पाइयो । यी सबै कुरा प्राध्यापकको आचार संहिता भित्र रहेर जो कुराहरु गर्नु पथ्र्यो , त्यो कुरा नपाएको कारण र उहाँ एउटा करार सेवामा रहेको प्राध्यापक र करार पनि विगत तीन चार बर्ष देखि नवीकरण देखिदैन । यो बर्ष नवीकरण नगरेर उहाँलाई अवकास दिएको हो ।

५, तपाईंले क्याम्पसमा राजनीति गरेको आरोप लागो नि
मलाई थाहा छैन । म राजनीति गरिरहेको भए मेरो राजनीति क्षेत्र बाहिर छ । मैले राजनीतिलाई जुन बेला सहमतिमा गयौं क्याम्पसको गेटबाट भित्र राजनीति हुल्दिन भनेर गयौं । आजसम्म त्यहि अडानमा छु । म स्वभावैले क्याम्पसको अध्यक्ष हु । मैले दिन दैनिकी कामको शिलशिलाले जानु पर्छ । तर जो साथीहरूले यो आरोप लगाउँदै हुनुहुन्छ क्याम्पसको सिसि फुटेजमा हेरे हुन्छ । क्याम्पसमा कुन प्रकारका कार्यकर्ताहरु प्राङ्गणमा विगत तीन बर्ष देखि देखिन्छन् । कुनै एउटा दलको भगिनी संगठनको धेरै बाहिरी हस्तक्षेप त छदैछ । साथ साथै यहाँ त के छ भने संगठनको हिसाबले , पार्टीको हिसाबले , पार्टीकै सभापतिहरूको विना कारण उपस्थिति भएको सिसि फुटेजमा देख्न सकिन्छ । त्यसले पनि के बताउछ भने राजनीति कसले गरिरहेको छ र समितिलाई उल्झन कस्ले बनाई रहेको छ, सिसि फुटेजमा खोजे हुन्छ ।
६, लामो योगदान गरेको प्राध्यापकलाई निस्कासन गर्दा अन्याय भएन र
स्वभावैले यो के छ भने न्याय र अन्याय मानिसले लिने कुराहरु हुन् । ठान्दै गइयो भने ठानिन्छ , मान्दै गइयो भने मानिन्छ । यसलाई अन्याय नमानेर आफु एउटा करार सेवामा यो ठाउँमा आएको थिए । संचालक समितिलाई मैले बिघ्न बाधा गरेछु । मैले गर्दा क्याम्पसमा यो खालको काम भएछ भनेर यतिका प्राध्यापकले कमसेकम भलाकुसारी गरेर ल मेरो त अरु ठाउँ पनि छ । साथीहरू गरिलिनु होला है भनेर जादा राम्रो हुन्थ्यो । हामीले उहाँलाई अमर्यादित हिसाबले गरेकै छैन । उहाँले पाउनु पर्ने सेवा सुविधा सबै दिएर अवकाश पत्र दियौं ।

जो नियमित प्रकृया भित्र पर्छ । यो दिने कुरा त चालिसै बर्ष , पच्चीसै बर्ष जागिर खाएर होस जेजे भएपनि जागिरको सन्दर्भमा माया ममता जोडिनु अनि छुट्दै गर्दा एकखालको भावनामा चोट आउनु मानवीय स्वभाव , गुणका कुरा रहे । त्यसकारण पनि यो लामो समयसम्म काम गरेको मान्छेलाई अपर्झट निकाल्ने भन्ने कुरा यदि लागु नै नगर्ने हो भने त कोहि पनि कुनै पनि संघसंस्थामा काहीँबाट पनि छुट्न नपाउने भयो । यस्तो माया भावनाका कुरा रहँदैन । यो चै बोल्नका लागि र सन्दर्भ मिलाएर गरिएका कुराहरू हुन जस्तो मलाई लाग्छ ।
७, तलव माग्दा जागिरबाट निस्कासन गरियो भन्ने पनि छ नि
यो प्रश्नमा मलाई बढा घत पनि लाग्यो । मलाई लाग्छ चार पाँच दिन अघि कुन दिनको एक दैनिक पत्रिकामा एउटा सार संक्षेपमा समाचार आएको थियोे । मैले त्यहाँ पढेको थिए , तलव उसैबेला मेरो बैंकको खातामा हालिएको रहेछ । बल्ल अहिले पो थाहा पाए । उपप्राध्यापक तिम्सिनाको हवला दिदै लेखिएको कुरा मैले पढेको छु । त्यसो हुँदा त्यहिबाट पनि पुष्टि हुन्छ । उहाँले त्यो कुरा बोली सक्नु भएको छ । नबुझीकन लडाइँ लाइदिएको मात्रै हो ।

८, क्याम्पसको घटनाको बिषयमा आम नागरिकसँग के अपिल गर्नु हुन्छ
यो क्याम्पस कनकाईबासी, तत्कालीन सुरुङ्गाबासी शिक्षा प्रेमी थुप्रै अग्रजहरु , आदरणीय ब्यक्तित्वहरु , समाजसेवीबाट चन्दा संकलन गरेर । तन , मन ,धन र कर्मबाट योगदान पुर्याएर क्याम्पस स्थापना गरिएको हो । अझ पनि थुप्रै संस्थापकहरु जिवितै हुनुहुन्छ । उहाँहरुसँग पनि हामी सरोकार राख्ने छौ । चन्दा दाता र सरोकारवालाको बिचमा सबैलाई म तपाईंको संचार माध्यमबाट के आग्रह गर्न चहान्छु भने सबै युवा साथीहरू ,सबै बृद्ध आदरणीय अग्रज , राजनीतिक दलहरु , पत्रकार , बिद्यार्थी भाइ बहिनीहरु , प्राध्यापकहरु , शिक्षकहरु सबै सरोकारवाला हामी जतिपनि छौ , सबैले सकरात्मक भुमिका निर्वाह गरि दिएर पठन पाठनलाइ सुचारु गरि अवरोध हटाउन सहयोगको अपेक्षा गर्दछु ।