कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन ।
शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ करोड ५२ लाख ५८ हजार २ सय ८७ पैँसा लागतमा निर्माण गरि गत असार २८ गतेमात्रै भवन कनकाई नगरपालिकालाई हस्तानतरण गरिएको हो ।
भवन निर्माण पछि सरसफाई गरि दुई सातादेखि भवनबाट सेवा सुरु गरिएपनि पानी परेका वेला भवनभित्र स्वास्थ्यकर्मी र विरामीको भागाभाग हुने गरेको स्वास्थ्य केन्द्रका कर्मचारीको भनाई छ ।
पानी पर्नसाथ भवनका प्राय सबै कोठाबाट पानी चुहिएर कोठामा घुडासम्म पानी जम्ने गरेका कारण कोठाभित्रै छाता ओढ्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका स्वास्थ्यकर्मीको भनाई छ ।
७२ कोठे अस्पतालको प्राय सबै कोठामा पानी चुहिने समस्याले गर्दा अस्पताल भित्र चुहिने ठाउँमा थाप्नका लागि बाल्टी खरिद गरेर राखिएपनि ठुलो पानी पर्दा बाल्टी थाप्दा पनि पानी थाम्न नसकिएपछि सेवानै अवरुद्ध हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।
अस्पताल भवनको स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले नगर अस्पतालको रुपमा अस्पताल भवनको उद्घाटन गरेपनि नगर अस्पतालमा हुनुपर्ने कुनै सेवा सुविधा नभएको स्थानीयवाशीको भनाई छ । अस्पतालमा एक दरवन्दी र एक करार गरि दुई डाक्टरले सेवा दिएपनि अस्पतालनमा औषधि र प्राविधिक उपकरणको अभावमा अस्पताल रेफर सेन्टरका रुपमा मात्रै रहदै आएको छ । अस्पतालको भवन हेरेर खुसी भएर आउने सेवाग्राहीहरु अस्पतालको सेवा हेरेर दुखी भएर फर्कनुपरेको गुनासो छ ।
साना शहरीले ६ करोड ९३ लाख रुपैँयामा ठेक्का रकम बोलपत्र आव्हान गरेकोमा दि कंचनजंघा र कचंनजंघा जेभी काठमाण्डौले ५ करोड ५२ लाख रुपैँयामा ठेक्का पारेको थियो । यसवारेमा अस्पताल व्यावस्थापन समितिका सहसंयोजक तथा कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरियाले भवन हस्तानतरण गर्दा ठिक्कै रहेपनि पछि चुहिन थालेको बताउनुभएको छ । भुकम्प प्रतिरोधी भवन यसरीनै चुहिने गरेको समेत चिमरियाले बताउनुभयो । नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल स्वास्थ्य केन्द्रको सेवा सुविधा थप्नका लागि काठमाण्डौ जानुभएकोले आएपछि सबै समस्याको समाधान हुने पनि चिमरियाले बताउनुभयो ।
ठेकेदारले पैसा तिरेनन
यता २०७२ साल चैत्र १० गतेदेखि अस्पतालन निर्माणका लागि बसेको ठेकेदार र निर्माण कर्मचारीले भवन निर्माणका लागि यस क्षेत्रका व्यापारी व्यावसायीसग लिएको सापटी र होटलमा खाएको सामानको रमक नदिदा स्थानीय वाशी र व्यावसायी मर्कामा परेका छन । ठेकेदारका प्रतिनिधिले स्थानीय हार्डवेयर व्यावसायी , होटल व्यावसायी र स्थानीय मजदुरहरुको करिव एक करोड रुपैँया तिर्नु रहेको स्थानीय निर्माण मजदुर नाइके मानबहादुर पौडेलले बताउनुभयो । यता ठेकेदारले आफ्नो क्लिनिकमा मजदुरको उपचार गरेको हज्जारौ रुपैँया रकम हालसम्म पनि नतिरि भवन हस्तानतरण गरेर सम्पर्क विहिन भएको स्थानीय औषधि व्यावसायी नरेन्द्र श्रेष्ठले बताउनुभयो ।
भवन हस्तानतरण सगै ठेकेदारले आफ्नो नम्बरको फोन उठाउनै छाडेको र अन्य नम्बरबाट फोन गर्दा पनि रेस्पोन्स गर्ने छाडेको स्थानीय व्यावसायीको जनगुनासो छ ।
तस्वीर ः निर्माण सम्पन्न भएको स्वास्थ्य भवन र पानी परेको बेला अस्पतालभित्र बाल्टी थापिदै फोटो लीलाराज झापाली