कनकाई अनलाईन
प्रथमपटक शिल्यान्यास भएको ५ दशकपछि बहुप्रतिक्षित झापाको मेचीपुल बिहिवार प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
भद्रपुरको मेची नदिको यो पुलको उद्घाटन सगै देशको राजधानी बाहिरकै सबैभन्दा पुरानो भद्रपुर नगरवाशीले आफ्नो नगर ५ दशक अघिकै चहलहपल आउनेमा विश्वास गरेका छन । पुल उद्घाटन पछि प्रधानमन्त्री ओलीले समेत नगरवाशीको ६५ बर्षे इतिहासको समेत अन्त्य भएको दावी गर्नुभएको छ । उहाले आफुपनि २०१९ सालमा हापेन्ट लगाएर युवा उमेरमा मेची नदि तरेर भारततीर गलगलियामा रेल हेर्न गएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पुलको उद्घाटन भएको नभएर समृद्धिको यात्राको देशमा उद्घाटन भएको भन्दै अव रेलपनि यसरीनै नेपाभित्रै कुदने ठोकुवा गर्नुभयो ।
भद्रपुर भारतको गलगलिया जोड्ने ५६० मिटर लम्बाईको पुलको पछिल्लो समय वि ः स २०६६ साल पुस १७ गते काठमाण्डौको अनक सुर्य जेभिसग २०७१ साल पुस २७ गते निर्माण सक्नेगरि ३३ करोडको लागतमा ठेक्का सम्झौँता भएको थियो । त्यसवेला ३ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरि तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री बिजयकुमार गच्छदारले पुलको शिल्यान्यास गरेपनि योजना सम्पन्न गर्ने मिति सकिएको ६ बर्षपछिमात्रै निर्माण कम्पनीले हस्तानतरण गरेको हो ।
हुलाकी राजमार्गको पुर्वी क्षेत्रको पहिलो यस पुल निर्माणपछि यस सड्क निर्माणले समेत तीब्रता पाउनेमा स्थानीयवाशी आशावादी भएका छन । नेपाल भारत सिमामा रहेको यस पुल निर्माणका लागि स्थानीयवाशीले भने झण्डै सात दशकदेखि सङ्घर्ष गर्दै आएका थिए । तत्कालिन सरकारले भद्रपुर नगरपालिकालाई विं स २००८ सालमा नगरपालिका घोषणा गरेलगत्तै स्थानीयद्धारा विं स २००९ सालदेखिनै पुल निर्माणका लागि संस्थागत पहलकदमी थालेको इतिहास पाउन सकिन्छ । भने तत्कालिन ९ महिने प्रजातान्त्रिक सरकारका पालामै विं स २००८ सालमा काठको लकडी कटान गरि पुल हाल्ने निर्णय गरिएपनि विचैमा सरकार ढलेपछि योजना कार्यान्वयन हुन नपाएको इतिहासविदको भनाई छ ।
यसैविच २०११ सालमा स्थानीय भद्रभलादमीको टोलीले काठमाण्डौमा गई तत्कालिन प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाई भेटि पुल निर्माणका वारेमा ध्यानआकर्षण गराएपछि त्यसवेलै तत्कालिन कानुन न्याय तथा यातायात मन्त्री भद्रकाली मिश्रले समेत पुल निर्माणका लागि पत्र थमाएको त्यसवेलाका अग्रजको भनाई छ । पुल निर्माणका लागि विं स २०२८ सालमा तत्कालिन युवराज विरेन्द्र शाह इलाम भ्रमण आएको वेला समेत स्थानीयवाशी मोहन अग्रवालको नेतृत्वमा रहेको टोलीले भेटी पुल निर्माणका लागि अनुरोध गरि त्यसवेला संकलन गरिएको चन्दा रकम २२ लाख ८० हजार रुपैँया समेत भेटी चढाएको स्थानीय इतिहासविद चिन्तामणि दाहालले बताउनुभयो । मेची पुलको पहिलोपटक शिल्यान्यास तत्कालिन अंचालाशिस मनोमोहन मिश्रले विं स २०२४ सालमा गर्नुभएको थियो । यसपछि प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रो पटक २०४१ सालमा गर्नुभएको इतिहास पाइन्छ । तेस्रो पटक लोकतान्त्रिक सरकारको भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले २०६६ सालमा पुलको शिल्यान्यास गर्दै मेची पुल समयभित्रै नबनेमा आफु जिवनभर राजनिति नर्गने बताउनुभएको थियो तर पुल समयसिमाभित्र नबनेपछि ढिलैभएपनि शिल्यान्यासले सार्थकता पाएको छ ।
मेची पुलको संचालनपछि भद्रपुर हुदै भारतको गलगलिया नाकासम्मको आवतजावतमा सहजता भई यस क्षेत्रको व्यापार व्यावसाय चक्किने स्थानीय व्यावसायी मोहन अग्रवालले बताउनुभयो । पछिल्लो समय नेपाल तर्फका २२ परिवारको मुआब्जा विवाद मिलाएर बाटो संचालन गरिएपनि भारत तर्फको बाटो भने अझै कहा गएर टुङ्गिने भन्नेमा विवाद नसल्टिएकाले खुसी भैहाल्ने अवस्था अझै नआइसकेको अग्रवालको भनाई छ । यस पुल पुर्ण संचालनमा आएपछि भारतको विहार र तथा बंगालतर्फका किसनगंज , ठाकुरगंज , गलगलिया , सिलगुढी तथा बंगलादेशसग समेत व्यापार व्यावसायमा सहजता आउने छ ।
पुल उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नगरबासीको मेची पुल तर्ने सपना पूरा भएको भन्दै भद्रपुर नगरको समृद्धिका लागि मेची पुल बनिएको र लिङ्क रोड चाडै निर्माण हुने बताउनुभयो । उहाले नेपालका कुनै पनि प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई समकक्षी मित्र भन्न नसके पनि आफूले सहजै भन्न सक्ने भएकोले भारततिरको सडक तुरुन्त निर्माणको वातावरण बनाईछाड्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले १ सय ५० किलो मिटर भारतको गंगानदी छिचोल्दै नेपालको सप्तकोशीका पानी जहाज सञ्चालन हुन लागेको समेत जानकारी दिनुभयो । उहाले उत्तर दक्षिण चिन , नेपाल भारत रेल जाडेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालसित भारत र बंगलादेशको व्यापारिक सम्बन्ध सरल बनाउन हुलाकी सडकको पहिलो पुलका रूपमा निर्माण सम्पन्न गरिएको मेची पुलको सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै हुलाकी सडकका पूर्वी खण्डका सवै पुल यस वर्ष बनिसक्ने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले हुलाकी सडकका कोशी खण्ड सम्मका १३ वटा पुल मध्ये ९ वटा निर्माणसम्पन्न भएकाले यसै वर्ष भित्र झापादेखि कोशी नदीसम्म सडक सञ्चालनको वातावरण बन्ने बताउनुभयो ।