चन्द्रा कोइराला र रविना राई
काकँरभिट्टाको व्यस्त बजारमा भदौ २० गते मंगलबारको दिन सडक नाटक देखाइयो । परिवर्तन थ्रिएटरका कलाकारहरुले नाटकमा आफ्नो प्रस्तुतीमा नेपाली समाज झल्काए । नाटक मानव बेचबिखन विरुद्धको थियो ।
अवको गन्तव्य मानव बेचबिखनको अन्त्य भन्ने मुल नारा सहित यो पटकको मानव बेचबिखन विरुद्धको ११ राष्ट्रिय दिवस मनाई सकिएको छ । दिवसको अवसरमा नाटकको माध्यामबाट समाजले बुझुन भनेर मानव बेचबिखन तथा महिला ,बालबालीका बेचिनुका कारणहरु देखाउन खोजियो ।
नाटकमा प्रष्ट रुपमा ग्रामिण समुदायमा दलालहरुले सञ्जाल फैलाएर आफ्नो धन्दा गरिरहेको देखाईयो । खेती किषानीमा समय बिताउने किसान९नाटकका बाबुको भुमिका० र उसका छोरीलाई त्यँही गाँउकी ठुली दिदिले उसकैको बुहारी बनाउछु भनेर बेच्न लगेको सम्म देखाइयो । नाटकको उद्देश्य मानव बेचबिखन न्युनिकरण हुनुको साटो बढ्दै गएको कुरा देखाउनु रहेको वुझ्न सकिन्थ्यो ।
काँकरभिट्टा नाँकाबाट मानिसहरु अवैद्य रुपमा तेस्रो मुलुकसम्म नपुगुन् , उनीहरु दलालको हातबाट बेचिनु नपरोस् भनेर विभिन्न संघ संस्था , प्रहरी प्रशासन दिन रात कार्यरत छन् । तर पनि मानब बेचबिखन घटनामा कमि आएको छैन । तथ्याकमा हेर्ने हो भने अवैध रुपमा भारत लगायत भारतको बाटो हुदै तेस्रो मुलुक सम्म पुगेर बेचिन लागेका मानिसहरु उद्धार गरिएको संख्या बार्षिक रुपमा बढ्दो छ । माइति नेपालका पुर्वाञ्चल संयोजक गोविन्द पौडेलका अनुसार उद्धार गरिएको मानिसहरुको तुलनामा बेचिने मानिसहरुको संङ्ख्या धेरै छ ।
हाल काकँरभिट्टा नाकामा माइति नेपाल , विश्व सेवा विस्तार र साना हातहरु गरि ३बटा संस्था नाकाबाट अवैधानीक रुपमा महिला बालबालीका तथा पुरुषहरु समेत बेचिनु नपरोस् भनेर काम गरिरहेका छन् । सरकारले पनि उनीहरुलाई राम्रै साथ दिएको छ , तर पनि समस्यामा कमि भने आएको छैन । ‘‘जनचेतना र स्वालम्वन नै न्युनिकरणको प्रमुख उपाय हो’’,प्रमुख महिला विकास अधिकृत इन्दिरा ओझा भन्छिन्–‘‘संघ संस्थाहरु निगरानी डेक्स राखेर एकैठाँउमा केन्द्रित हुनुभन्दा ग्रामिण समुदाय सम्म पुगेर बालबालीका र महिलाहरुलाई यो विषयमा शिक्षा दिन जरुरी छ ।’’
मानब बेचबिखनको प्रमुख कारण अशिक्षा र अर्को महत्वपुर्ण कारणका रुपमा बेरोजगारी समस्या भएको न्युनिकरण अभियानमा लागेका अभियान्ताहरु बताउछन् । कँहिले आधा पेट त कँहिले भोक भोकै दिन बिताउदाको गतिलो फाइदा दलालहरुले उठाउने गरेको उनीहरु बताउछन् । माइति नेपाल पुर्वाञ्चल क्षेत्रिय कार्यक्रम अधिकृत गोविन्द घिमिरे खुल्ला सिमाको फाइदा दलाले राम्रैसँग लुटेको बताउछन् । ‘‘ वेरोजगारी समस्या दिन प्रतिदिन बढ्दो छ , राज्यले महिलाहरुलाई शिक्षित बनाउन जति गर्नु पर्ने त्यो गृहकार्य गर्न सकेको छैन’’,घिमिरे भन्छन्–‘‘सचेतना जगाउन हामि घर घर पुग्छौ , अहिले खाए भरे के खाने अवस्था छ , दुई छाक पेट भर्न बाध्य भएर नेपालीहरु बेचीनु परेको छ ।’’
तथ्यांकगत रुपमा हेर्दा पनि माइति नेपाल संस्थाले मात्र सन् २०१७ को ६ महिनाको अवद्यिमा १ सय ६० जनालाई उद्धार गरेको छ । यस्तै गत वर्षबाट सुरु भएको विश्व सेवा विस्तार संस्थाले २०१७ को ७ महिनामा ३ सय १७ जनालाई उद्धार गरेको संस्थाका साहायक निर्देशक मुना आचार्यको भनाई छ । यस्तै साना हातहरु संस्थाले पनि सन् २०१६ जुन देखि २०१७ जुन सम्ममा १ सय ५६ जनालाई उद्धार गरि ४ वटा मुद्दा अदालतमा दर्ता गराईसकेको छ । ‘‘जुन् संस्था जति सक्रिय भएर लाग्छ त्यति नै बढि मानीसहरु नाकाबाट रोकिने हुन्’’, विश्व सेवा विस्तारका साहायक निर्देशक मुना आचार्य भन्छिन्–‘‘जुन संङ्ख्यामा मानिसहरु उद्धार भएका छन् , त्यसको दोब्बर प्रत्येक महिना मानिसहरु बेचिनु परेको छ ।’’
तथ्यांकमा उद्धार गरिएका मानिसहरुको सङ्ख्या आउछ तर बेचिने मानिसहरु कति छन् त्यसको तथ्यांक राख्न संभव छैन । विश्वमा श्रमीकहरुको हक हितमा काम गर्दै आएको संस्था इन्टरनेशनल लेवर अर्गनाइजेसन९आइ।एल।ओ० का अनुसार विश्वमा अहिले २।९ कडोर भन्दा बढि मानिस दासको रुपमा रहेका छन् भने १ कडोर १४ लाख भन्दा बढि मानिसहरु बेचबिखनका कारण जोखिममा जिवन बिताइरहेका छन् ।‘‘सवै कुरा गरिवी र अशिक्षा हो , यो न्युनिकरण भए समस्या आफै हल हुन्छ ।’’साना हातहरु संस्था काकँरभिट्टाका प्रमुख रमेश गुरुङ्ग भन्छन्–‘‘कारक तत्व पनि थाहा छ , सरकारले रोजगारी सृजनामा ध्यान दिदैन अनि समस्या झन् भंयानकर हुदै गएको छ ।’’
परिवर्तन थ्रिएटरको दिवसको दिन देखाएको कचरी नाटकमा पनि महिला बेच्न महिला दलालनै सक्रिय भएको देखाईयो । थ्रिएटरका एक सदस्य बिमला चिमरीयाका अनुसार महिलाहरु फकाउन दलालहरुले महिलाहरुलाई नै प्रयोग गर्ने परिपाटि बनेकाले नाटकका त्यो कुरा देखाइयो । ‘‘घरबाट नै यो अभियानको सुरुवात हुनु पर्छ’’,चिमरीया भन्छिन्–‘‘बाहिर यसरी नै संघ संस्था , प्रहरी , सचेत नागरीक समाज र सरकारी पक्षले तदारुक्ता देखाउन जरुरी छ ।’’
मानब बेचबिखनका घटना बढ्नुमा दलालहरुको बदल्दिो रणनीति पनि गएको नाकामा रहेका संघ संस्थाका प्रतिनिधिहरु बताउछन् । नाकामा सामान्य चेकजाँच हुने भएकाले पनि दलालहरुलाई सहज भएको हो । ‘‘कँहिले अफिसर जस्तो भएर आउछन् , कँहिले पारिसम्म सामान किन्ने नाममा महिलाहरुलाई एक्लै पठाउछन् , अनि दलालनै महिला भएपछि दिदि बहिनिहो भन्दै जान्छन्’’, साना हातहरु संस्थाका गुरुङ्ग भन्छन्–‘‘प्रहरी प्रशासनसँग मिलेर हामिले सक्रियता बढाएसँगै दलालहरुले आफ्नो दलाली शैलीमा परिवर्तन गरे, दलालहरुलाई चिन्न हामिलाई पनि समस्या पर्छ ।’’
के मानब बेचबिखन समस्या न्युनिकरण हुदैन रु प्रतिउत्तरमा प्रमुख महिला विकास अधिकृत ओझा भन्छिन्–‘‘गाँउघरमा महिला हिंसाका कारण , बाल हिंसाका कारण महिला तथा बालबालीका बेचबिखनमा परिरहेका छन् , उनीहरुलाई अभियानकै रुपमा दिनँहु जसो सचेत गराउने हो भने यो समस्या न्युनिकरण हुदै जान्छ ।’’
‘‘नाकामा बसेर दिनहँु रोकेर मात्र न्युनिकरण अभियान संभव छैन’’, आचार्य भन्छिन्–‘‘पहिले त मानिसहरुको सोचमा परिवर्तन ल्याउन जरुरी छ , जनचेतना नै न्युनिकरणको प्रमुख अस्त्र हो ।’’ सरकारले महिला शिक्षा र महिला स्वालम्वनमा ध्यान दिने हो भने यो समस्या न्युनिकरण हुदै जाने मानब बेचबिखन न्युनिकरण अभियानमा लागेका अभियान्ताहरु बताउछन् । ‘‘केहि संस्था , केहि कार्यलय र केहि व्यक्ति लागेर मात्र यो समस्या समाधान हुन सक्दैन’’ अधिकृत ओझा भन्छिन्–‘‘हाम्रो शिक्षा पद्दतिमा पनि यि कुराहरुलाई समावेश गर्नु पर्छ , सामाजीक बहवसका विषय बनाएर राज्यका सम्पुर्ण पक्ष लाग्ने हो भने यो समस्या विस्तारै न्युनिकरण हुदै जान्छ
।’’ प्रशिक्षार्थी पत्रकार