कनकाई साप्ताहिक
सुरुङ्गेली माटोमा जन्मिएर लामो सङ्घर्षले खारिएका राजेश घतानी प्राय देशका सवै भागमा स्टेज प्रोगाममा पुगिसकेका छन ।
स्टेज प्रोगाम र चलचित्रकर्मीका रुपमा विश्वका धेरै मुलुक घुमिसकेका यी युवाले जहिले पनि आफ्नो जन्मभुमिलाई भनी भुल्न सकेका छैनन । चाडवार्ड र विशेष अवशरमा जहा भएपनि उनी समय निकाल्छन र आइपुग्छन , सुरुङ्गा बजार ।
च्लचित्र निर्माण , गित गाउन , गित लेख्न र कार्यक्रम चलाउन यी सवै रङ्ग सग सम्बन्धित सवै कुरामा वरावरी क्षमता राख्ने यी युवाले बाटो मुनिको फुल र बितेका पल नामक २ चलचित्र बनाउनका साथै अर्को चलचित्र समेत निर्माणको तयारीमा रहेको छ । उनी शुक्रबारको सुरुङ्गेली युवा पुस्तामाझ यीनै चर्चित कलाकार राजेश आर्कषणका प्रमुख बने ।
विहान सुरुङ्गा जेसिजको होलि मिलनमा आधा दर्जन गित गाएर साथ दिन भ्याएका उनी दिउसो झापा रोडमा भएको अर्को होलिमिलनमा समेत दमदार प्रस्तुती दिए राजेशले माइक्रोफन समात्नसाथ सुरुङ्गा झापा रोडमा होलीको माइबेनी मेला लागेको थियो । राजेशले त्यहाँपनि आफ्ना तथा अर्काका आधा दर्जन गित गाए । युवाहरुको रङ्गको साथमा राजेशको गितले वान्स मोर पाइरह्यो ।