कनकाई अनलाईन
सुरुङ्गा । झापामा बसोवास गर्दै आएका सिमातकृत माझी जातीले कनकाई नदिमा आफ्नो जातिको प्रमुख लदी पर्व पुजा गरि मनाएका छन ।
ढुङ्गा खियाएर जीविका पार्जन गर्ने माझी जातिहरुले हरेक वर्ष एक्कै थलोमा जम्माभएर यो पुजा गर्दै पर्व मनाउदै आएका छन । यसवर्षको लोदी पर्वको मुलनारा
‘माझी बन्धुमा सद्भाव र एकता, साँस्कृतिक संरक्षणमा सवैको सहभागिता’ रहेको थियो ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले आयोजना गरेको पुजामा झापाका सवै गाउँपालिका र नगरपालिकाका माझी समुदायको सहभागिता रहेको संघका अध्यक्ष कृष्णवहादुर माझीकाले बताउनुभयो । कार्यक्रममा शिबसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा , उपप्रमुख भोजकुमारी नेपाल , लगायातका वक्ताले नगरपालिका सवै जातजातिको कला , भाषा सस्कृतिको संरक्षणका लागि लागि पर्ने बताउनुभयो । सिमातकृत जातिको संरक्षणका लागि रोजगारी लगायतको पहुचमा समेत क्रमश लैजाने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा जाति उत्थानमा महत्वपुर्ण योगदान पुर्याउने तीन जना संघका पूर्वअध्यक्ष सन्तलाल माझी, पूर्वकोषाध्यक्ष हर्कबहादुर माझी र पूर्व कार्यसमिति सदस्य धनमाया माझीलाई सम्मानित समेत गरिएको थियो ।
लदी पुजामा माझी जातिका पुजारीले कोशी (लदी) को पुजा गर्नुभएको थियो । भने
सो अवसरमा माझी कलाकारहरुवीच प्रतियोगितात्मक नृत्य प्रस्तुत गरिएको थियो ।
२०६८ सालको तथ्याङ्क अनुसार झापामा १४ हजार जनसंख्यामा रहेको माझी समाजका अध्यक्ष कृष्णबहादुरले बताउनुभयो ।