Kanakai Online

भद्रपुर नगरपालिकाले देशकै समृद्धिको सपना साकार पार्छ नगरप्रमुख श्रेष्ठ


बुधवार, माघ १०, २०७४ |

नेपालको पुराना नगरपालिकामध्यको एक नगरपालिका हो भद्रपुर नगरपालिका । नेपालको सुदुरपुर्वी क्षेत्रमा रहेको यस नगरपालिकामा झापाको सदरमुकाम समेत रहेको छ । यस नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ रहनुभएको छ । धेरैलाई थाहा नहुनपनि सक्छ , उहाँ पुर्व अन्तराष्ट्रिय कपर्डी खेलाडी तथा राष्ट्रिय फुटवल र भलिवल खेलाडी हुनुहुन्छ । उहाँले थुप्रै एसियन तथा साफ ग्याममा नेपालको तर्फबाट सहभागिता जनाइसक्नुभएको छ । सन्थाल , बंगाली , हिन्दी , र अंग्रेजी भाषामा राम्ररी बोल्ने श्रेष्ठ , कम्युनिष्ट्रहरुको आधारभुमि झापामा वि .स. २०३७ सालदेखि हालको एमाले तत्कालिन मालेकालदेखि राजनितिमा सक्रिय रहनुभएको छ । तत्कालिन हल्दिवारी माविको अखिलको प्रारम्भिक कमिटीबाट राजनिति सुरु गर्नुभएका श्रेष्ठ २०४६ सालमा मेची बहुमुखी क्याम्पस सदस्यको कमिटीमा रहदै सक्रिय पार्टी सदस्य , ४८ सालमा पार्टीको क्षेत्रिय कमिटीमा रहनुभयो , ५३ सालमा इलाका कमिटीमा रहर्दै ५९ सालमा भद्रपुर नगरकमिटीको सचिव रहनुभएका श्रेष्ठ ४९ सालमा वार्डनम्बर ६ बाट निर्वाचित वार्डअध्यक्ष तथा ५४ सालमा समेत निर्वाचित उपमेयर रहिसक्नुभएको छ । हाल भद्रपुर नगरपालिकाका मेयर रहनुभएका श्रेष्ठ सग नगरपालिकामा निर्वाचित भएपछिका काम र गतिविधिहरुका वारेमा कनकाई अनलाईनका सम्पादक लीलाराज झापालीले गर्नुभएको कुराकानी ।

 
१) अहिले निर्वाचित नगरप्रमुख भएर ६ महिना विताइसक्नुभयो , आफै आफ्नो कार्यकालको मुल्याङ्गकन गर्नुपदा कसरी गर्नुहुन्छ ?
पहिले हामी निर्वाचित भएर आउदाको समयमा कतिपय कुराहरु अन्यौलग्रस्तमै रहेका थिए । लामो समयसम्म कर्मचारीतन्त्रबाटै संचालित स्थानीय निकाय थियो अव तहको रुपमा परिवर्तित भएको छ । काम र पाउने जिम्मेवारीहरु धेरै फेरवदल भएको छ । नगरका कामलाई ज्यादै रफ्तारमा लैजानुपर्ने आवश्यकता रहेको छ । तर हामीले जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो रफ्तारमा कामहरु गर्न सकिएन , हामीले असार १४ गते चुनाव लड्यौ २५ गते कार्यभार लियौँ , तर यसपछाडि असोज २ गतेसम्म वाढीको चपेटामा यस क्षेत्र पर्नगयो । पुरा झापा र तराइनै डुबानमा पर्यो सवैमानिसहरु घरवारविहिन ठुलो जनधनको क्षति हामीले भोग्नुपर्यो । यी कुराहरुको व्यावस्थापनमा हामीले सारा समय लगाउनुपर्यो तरपनि हामीले झापा जिल्लामा सवैभन्दा पहिले नगरसभा वसाउन सक्यौ , समस्याका वावजुतपनि हामीले काम गर्नेकुराको स्पीडलाई कम हुन दिएनौँ ।
योजनाहरु बनाउने प्रक्रियामा छौ , आइयुडिपि प्रोगाम १५ वर्षे आवाधिक योजना बनाएर यस क्षेत्रका राजनैतिक दल , जनप्रतिनिधिहरु , भद्रभलादमी , उवासंघ , संघसंस्थाहरु सवैलाई वोलाएर अन्तक्रिया गर्यौ । त्यसपछि हामीले यस क्षेत्रको योजनाहरु ब्नाउने काममा लागेका छौँ । हामीले पर्याटकिय तथा सडक गुरुयोजना बनाउन लागेका छौ । यसरी हाम्रो काम र समयलाई निरन्तर निरन्तर कामहरुमा लगाइरहेका छौ तरपनि सोचेजस्तो काम गर्न निक्कै असजिलो हुदो रहेछ यो मेरो अनुभव हो ।
२) निर्वाचनका वेला भावना उत्तेजनामा आएर धेरैकुरा चुनावी नारा लगाउनुभयो , जनतालाई पुरै आर्गनिक खानपान गराउने देखि धेरै वाचाहरु गर्नुभयो , ती नारालाई एकपटक सम्झौँ कतिकुरा पुरा भए कति वाकी छन र कतिका लागि आधार बनाउनुभएको छ ? 
लगभग लगभग जनताको जनस्वास्थ्य र शिक्षाका लागि आधारित भएर मैले जेजति वाचाहरु गरेको थिए , अहिलेनै ६ महिनाको अवधिमा ती वाचाहरु पुरा गरे भनेर भन्न म चाहन्न । तर नगरपालिकाले तरकारी फलफुल , मासुजन्य र दुधजन्य पदार्थमा नगरपालिका आत्मनिर्भर हुनुपर्दछ , र विषमुक्त खेत ीगर्न किसानहरुलाई उत्प्रेरित गर्नका लागि नगरपालिका लागिरहेको र योजना बनाएको छ । गाउँमा सामुहिक पशुपालन गर्ने त्यसको गौमुत्र र गोबर संकलन गरेर मल बनाउने , चुना निमपता सुर्ती खोर्सानीजस्ता सामाग्रीहरुलाई एकठाउँमा जम्मा गरेर प्राकृतिक विषादी बनाउने र यसको प्रयोग गरेर अर्गानिक खेत ीगर्ने कार्यक्रम बनाएका छौ विषादी प्रयोग गरेका तरकारीहरुपनि कतिखेर र कसरी प्रयाोग गर्ने भन्नेवारेमा कृषकलाई तालिमको आयोजन ागर्दै छौँ । यसखाले खेत ीगर्ने किसानहरुका लागि हामीले कर छुटको योजना ल्याएका छौ । यसलाई पुरा गुरु योजना बनाएर हामीले काम अगाडि वढाएका छौ ।
१८ लाख रुपैँया हामीले यस क्षेत्रमा आर्युवेदका क्षेत्रमै छुट्टाएका पनि छौ ।
३) बजेट निर्माण गर्दा आयोजना छनौट बजेट विनियोजन कसरी गर्नुभयो र प्राथमिकतामा कुन कुरा राख्नुभएको छ ?
हामीले वजेट बनाउने वेलामा सक्रमणकालिन अवस्था थियो । नगरपालिकाले वजेट बनाउने कानुन र ऐन सांसदवाट पारित भएको थिएन । ५ , ६ वटा कार्यविधिक कानुनहरु नेपाल सरकारले उपलब्ध गराएको थियो । वेवसाइटमार्फत हामीले डाउनलोड गरेर हेयौँ र त्यसलाई हाम्रो नगरपालिका अनुकुलहुनेगरि हामीले कार्यविधिक कानुनहरु बनाएर नगरकार्यसमितिबाट लागुगरेका छौ यसअघि , विभिन्न वार्डहरु वोलाएर उहाँहरुको प्राथमिकतामा छलफल गरेर यसैलाई आधारबनाएर बजेट बनायौ कर राजस्वय परामर्श समिति बनायौ यसरी हामीले बजेटबनाएका छौ । हामीले धेरै कुरालाई एक्कैसाथ लिएर जान अप्ठ्यारो हुदोरहेछ , हामीले विभिन्न वार्डमा वार्डकार्यलयलाई सम्बन्धित वार्डमा लैजाने कामगर्नुपर्यो । विपत व्यावस्थापन पनि गर्नुपर्यो यति हुदापनि हामीले यस नगरमा सडक संजाललाई व्यावस्थि तगर्नका लागि हामीले पहिलो प्राथमिकता दिएका छौ । कुनै ठाउाको समस्यालाई उर्जागर गर्नका लागि सर्वप्रथम त्यो ठाउँसम्म पुग्नुपर्दोरहेछ । त्यस ठाउँसम्म पुग्नका लागि हामीले जवसम्म सडक संजाललाई जोडदैनौ तवसम्म त्यो ठाउँको पहिचान नहुदो रहेछ ।
४) पहिले कर्मचारीहरुले मात्रै संचालन गरिरहेको कार्यालयमा अहिले जननिर्वाचित प्रतिनिधिहरुले चलाइरहनुभएको छ , पहिले र अहिलेमा फरक के पाउनुभएको छ ?
सेवाग्राही जनताहरु व्ढी मात्रमा उत्साहित रहनुभएको छ । अझ नेपालको कानुनलेनै सिंहदरभारको अधिकार जनताको घरघरमा वार्डवार्डमा गएको भन्ने शन्देश गएको छ । यसले जनातालाई उत्साहित बनाएको छ । पहिले कर्मचारीले चलाउदाको अवस्थाको नगरपालिका र अहिले निर्वाचित जनप्रतिनिधिले चलाएको नगरपालिकामा आकाश पतालको फरक छ जनताको चाहाननै परिवर्तित छ , देशको कानुननै परिवर्तित छ , र कुनैपनि जनप्रतिनिधिहरुलाई जनताको काम नगरीकन एकछिन वस्नेसम्म फुर्सद छैन ।
५) तपाईकै नगरपालिकामा पर्ने नेपाल भारत जोड्ने वहुचर्चित मेची पुला आधा सताव्दी भन्दा वढी समयसम्म निर्माणको हल्ला चल्यो अहिले निर्माधाधिन पनि छ तर निर्माण पुरा हुने छाटकाट देखिएको छैन नी ?
ऋगाडि जे जस्तो भएपनि मेचीपुल बनाउनेखालको योजना चाहि वल्लतल्ल तत्कालिन प्रम माधवकुमार नेपालका पालामा निर्माण तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारहुदा बनाइएको हो । यसवेला वजेट विनियोजित पनि भएर काम शुरु गरिएको हो । लगभग यस जनवरी भित्र योजना बनाएर हस्तानतरण गर्ने समयअवधि रहेको छ । विभिन्न प्राविधिक समस्याका कारण यस समयअवधिभित्र निर्माण सम्पन्न नहुने देखियो , यसमा केहि समय थप होला तरपनि मेचीपुल बन्दैछ । यसमा दुइमत छैन । तर मेची पुल निर्माणको अर्थ यो मात्रै होइन तल्लो ठाउँबाट माथ्लो ठाउँ ओहोरदोहोर गर्ने यता बनेका सामानहरु पारी र पारि बनेका सामानहरु वारी ल्याएर सामान्य खाइजिविका चलाउने भन्ने मात्रै होइन । मेचीपुलको दुरगामी इज्यत छ । यसले नगरपालिका क्षेत्रको विकास मात्रै होइन समग्र झापा जिल्ला र नेपालको विकासको मुहारमा केहि न केहि समुद्धिको अभियानमा टेवा गर्नुपर्दछ ।
मेची पुलत बनाइयो तर पारी भारतमा पुगेपछि पारिपट्टीको बाटो कतातिरबाट लैजाने कहाँ लगेर जोड्ने भन्नेकुराको निक्यौँल नेपाल सरकारले गर्न सकेन त्यसकारण मेची पुल वाङ्गोवाङ्गो अवस्थामा अवस्थामा बनिएको छ , विहारको वाटो हुदै आउनेपुलहो यो , मेचीपुल बनिसकेपछि त्यहाँ हामीलाई अत्यान्तै व्यावस्थित र अत्याधुनिक भन्सार चाहिन्छ । नेपाल सरकारले चाडोभन्दा चाडो मेची राजमार्ग जोगमनी , काकडभिट्टा वीरगन्जसग जोड्ने र हुलाकी राजमार्गलाई समेत व्यावस्थित गर्दै यस भन्सारबाट समेत मुलुकलाई समृद्धिमा जोड्नेकाम गर्न ढिलाई गर्नु हुन्न तवमात्रै मेचीपुल निर्माणले सार्थकता पाउनेछ । पर्यटकहरुको आगवनलाई समेत सुविधाजनक बनाउनुपर्छ , चन्द्रगढी एयरपोर्टलाई समेत थप व्यावस्थि तगदै विदेशी पर्यटक भित्राउनुपर्छ ।
६) नेपालकै यतिपुरानो नगरपालिका भएर पनि यति धेरै पछाडि पर्योनी यसलाई अगाडि वढाउने तपाइसग खास योजना के छ ?
नेपालको पुरानो नगरपालिका भएको कारणले यस क्षेत्रमा सम्भावनाहरु प्नि धेरै छन । यसका लागि नगरपालिकाको यातायात , माटो सुवाउदो खेती , व्यास्थित वसोवास , बनाउन हामीले जरुरी छ । टुरिजम्म प्लान बनाउनु हामीले जरुरी छ । नेपालको लामो पौराणिक इतिहास बोकेको किच्चकवध जस्तो पर्याटकिय क्षेत्र हाम्रै ठाउँमा रहेको छ । चन्द्रगढ भन्ने सांस्कृतिक स्थल छ , कलवलगुडी भन्ने प्रशिक्षण प्रतिष्ठान छ , मेची अंचल अस्पताल छ । जिल्लाका सम्र्पुण सरकारी कार्यालयहरु यहि छन् । बाटाहरु मेची मार्गपनि छन । हामीहरु धेरैकामहरु गर्दै छौ हामीसग महत्वपुर्ण कुरा मेची क्याम्पस र विमानस्थल पनि साथमा रहेको छ । मेची रङ्गशाला रहेको छ , यी सवैकुरामा यहाँ भन्सारसमेत खोलेर यीनै कुरालाई सुव्यास्थित ढङ्गले संचालन गरेर हामीले यस ठाउको विकास र समृद्धिसग जोड्न गइरहेको छौ । हामीलाई विश्वास छ , निर्वाचन पछि यस क्षेत्रका पराजित दल र सम्पुर्ण नगरवाशीको साथ लिएर हामी पुरानो नगरपालिकाको विरासतलाई जोगाउदै नगरपालिकालाई सुन्दर र समृन्नत नगरका रुपमा विकास गर्ने छौ ।
 
तस्वीरहरु निर्माणधिन बहुचर्चित मेचीपुल र नगरप्रमुख जीवनकुमार श्रेष्ठ कार्यालयमा 

सम्बन्धित खबर