कनकाई अनलाईन
सुरुङ्गा । अत्याधिक चिसो तथा पर्याप्त प्रचार प्रसार नगरिदा पुर्वकै चर्चित र ठुलो मेलाको रुपमा लाग्दै आएको कनकाई माईवेनी मेलामा भक्तजन तथा मेला भर्न र घुम्न आउनेहरुको सङ्ख्यामा वर्षेनी कमी आउन थालेको छ । अघिल्लो वर्षको भन्दा यसवर्ष आधापनि भक्तजनले मेलामा नआएको स्थानीय पत्रकार मनोज बस्नेतले बताउँनुभयो । बस्नेतले यसवर्षको मेलाकै मुख्यदिन माघ १ गतेको जतिको मानिसको चाप त अरु दिननै तिहारको अघिल्लो वजारको दिननै सुरुङ्गा हटियामा देखिने गरेको वताउनुभयो । यसवर्ष पनि मेलाको दृश्यभ न्दै ५ वर्ष पहिले खिचिएको कनकाई माईको दृश्य फेसबुकमा शेयर गर्ने गरिएको थियो ।
ठेकेदारको कमजोरी
सदाका वर्षमा जस्तै यसवर्षपनि ठेकेदारहरुले मेलाभर्न आउनेहरुसग पार्किङ्गको नाममा भक्तजनलाई महगो शुल्क असुलेका छन । उनीहरुले मलामी जानेहरुबाट समेत जवरजस्ती रकम असुल्नका साथै मेलास्थलमै घरहुनेबाट समेत रकम असुलेपछि फेसबुक र मिडियामा यसको नराम्रो शन्देश गएको थियो । यसरी धार्मिक मेला व्यापार कम र सेवा वढी हुनुपर्नेमा यसको ठिक उल्टो भएकाले अर्को वर्षमा समेत यसको असर देखिने सर्वसाधरण बताउँछन । यता अघिल्लो वर्षहरुमा भक्तजनलाई ठेकेदारले ठगेको भन्दै व्यापक समाचार आएपछि यसवर्षको कनकाई माइवेनी मेलाको उद्घाटनका दिन कोहिपनि पत्रकारलाई खबर नगरेर बदला लिएका छन । सुटुक्क गरिएको मेला उद्घाटन र प्रचारको कमीले समेत यसमा असर गरेको छ ।
प्रतिबन्दीत खेल मेलामा
झापा तथा नेपालमै प्रतिबन्दित खेल बाइक रेश यसवर्ष माईवेनी मेलामा पुन भित्रिएको छ । ठेकेदारले प्रहरी र जिल्ला प्रशासनको आखाँ छल्दै यस वाइक सर्कसलाई संचालनमा ल्याएका हुन । कनकाई माइवेनी मेलामा १० वर्ष पहिले सर्कसमा मोटरसाइकल चालक लडेर गम्भिर घाईते बनेका थिए भने विर्तामोड महोत्सवमा समेत सर्कसबाट मोटरसाइकल बाहिरिएर धेरैजना घाइते बनेपछि यस सर्कस झापा तथा देशमै समेत प्रहासनले प्रतिबन्ध लगाउदै आएको थियो ।
धार्मिक भन्दा व्यापारिक मेला
माइवेनी मेला भन्ने वित्तिक्कै सवैले तिल , लड्डु , चाकु , तरुल र स्नान गर्ने मनोकामना पुरा हुने लगायातको कुरा पुराना भक्तजनमा देखिन्छ तर मेलामा पार्किङ्ग देखिनै भक्तजन लुटिने व्यापारीलाई समेत महगो भिटौरी लगायातले मेला ज्यादै महगिदै गएको अनुभव सर्वसाधरणले गर्ने गरेका छन । धार्मिक मेला भएपनि यो पछिल्लो समय धार्मिक कम र व्यापारिक वढी हुदै गएको छ ।
मेला लाग्ने छैन ठाउँ
पुराना वर्षहरुमा लाग्दै आएको मेलाको स्थान नरहदा समेत मेलामा असर गरेको छ । कोटीहोम धार्मिक विकास संस्थाले जमिनलाई घेरावारा गर्नु , कर्मयोग भवन निर्माण कनकाई आर्यघाट निर्माण तथा मेला लाग्दै आएको स्थानमा कतिपयले निजि घरसमेत निर्माण गर्दा यस क्षेत्रमा मेला स्थानको २५ प्रतिशत जमिन समेत नरहदा मेलामा यसको असर परेको छ ।
के गर्नुपर्ला
कनकाई मेलाको जस अपजस यस क्षेत्रको कनकाई नगरपालिकाको हो । वर्षेनी ठेक्का लगाएर राम्रै आम्दामी समेत नगरपालिकाले संकलन गर्दै आएको छ । यो राम्रो पाटो हो तर नगरपालिका भनेको जनताको सरकार समेत रहेकाले सरकारको काम भनेको व्यापार कम र सेवा वढी गर्नुपनि हो । नगरकै मात्र नभएर देशकै प्रतिष्ठा जोडिएको यस मेलाको गरिमा गुम्न नदिनु नगरपालिकाको कतव्य पनि हो । अघिल्ला वर्षमा मेलालाई कसरी राम्रो बनाउने भन्ने वारेमा प्रहरी र यस क्षेत्रका भद्रभलादमीसग अन्तरसंवाद समेत राखिदै आएकोमा यसवर्ष यस न्युनतम काम समेत गरिएन । ठेक्का दिदा पैसाको साथसाथै यसको गरिमालाई पनि गुम्न नदिने कुरामा नगरपालिका चनाखो हुनु जरुरी छ ।
पहिले द्धन्द्धकालको कारण देखाएर ७ दिने मेला २ दिनमा भरेको थियो अव देशमा शान्ति व्यावस्था तथा स्थानीय सरकार समेत आएपछि पुन मेलालाई पुरानै अवस्थामा फर्काउन सके मेलाको गरिमा वढ्नको साथै नगरपालिकाको आम्दामीमा समेत श्रीवृद्धि हुने देखिन्छ । मेला ठेक्का दिदा समेत रकम भन्दापनि ठेकेदारले अघिल्लो वर्षमा देखाएको कार्यकुशलतालाई पनि आधार बनाउन सकिन्छ । जाडोमा आगो ताप्ने हराएका व्याक्ति खोजीगर्ने सुरक्षा व्यावस्था , धार्मिक महत्व झल्कने सामाग्रीको प्रर्दशन र जनताको जिउधन र सवारीको सुरक्षा र मेला प्रचारप्रसारको जिम्मा विभिन्न संघ संस्था सामुदायिक वन प्रहरी नागरिक समाज पत्रकारको समन्वयमा नगरपालिकाले लिनुपर्दछ ।