Kanakai Online

झापाका हर्क राई बने मिस्टर कोशी


आइतवार, असार २४, २०८१ |

कनकाई अनलाईन
झापा विर्तामोडमा आयोजित प्रथम मिस्टर कोशीको उपाधि झापाका हर्कबहादुर राईले जित्नुभएको छ । राई प्रथम मिस्टर कोशी च्याम्पियन बन्दै नगद १ लाख ५० हजार राशीको पुरस्कार समेत प्राप्त गर्नुभएको हो । राईले उत्कृष्ट चार वटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बन्नुभएको हो ।

शनिवार बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गर्नुभयो ।

प्रतियोगिताको फस्ट रनरअप झापाका अभिजित राजवंशी हुनुभयो । राजवंशीले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेण्ड रनरअप मोरङका टंकबहादुर मगर बन्दै नगद ५० हजार र ट्रफी पाप्त गर्नुभयो ।

चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बन्दै नगद ३० हजार पाउँदा पाँचौँ स्थानमा ५५ केजीका अनिश राई हुनुभयो । उदयपुरका अनिशले नगद २० हजार प्राप्त गनुभयो ।
प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना, झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडिबिल्डिङ तथा फिटनेस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले गर्नुभएको थियो ।

सम्बन्धित खबर