
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ स्थित कोटीहोममा यहि बैशाख ८ गतेदेखि १५ गतेसम्म भएको श्री बराईली कुल वंश प्रतिष्ठानको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयव्याय सार्वजनिक गरिएको छ ।
विशेष कार्यक्रमका विच श्री बराईली कुल वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विनोद वराईलीले यक्त महापुराणको आयव्याय सार्वजनिक गर्नुभएको हो । जसमा कुल आम्दामीतर्फ १५ लाख २९ हजार १ सय ६१ रुपैँया संकलन भएको र यसमा कुल १० लाख ६६ हजार ७ सय ८० रुपैँया खर्च गरि कोषमा बचत ४ लाख ६५ हजार ३ सय ८१ रुपैँया रहेको अध्य्रक्ष विनोद वराईलीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।
उक्त रकमलाई हाल बैँकमा राखिएको र चाडै समितिको वैठक बसेर रकमलाई के प्रयोजनमा खर्चिने भनेर निर्णय गरिने बराईले बताउँनुभयो ।
श्री बराईली कुल वंश प्रतिष्ठानको आयोजनामा वंश प्रतिष्ठानको भवन निर्माण लगायातको लक्ष्य राखेर यहि बैशाख ८ गतेदेखि १५ गतेसम्म लगाइएको सप्ताह महायज्ञमा पंण्डित अर्जुन शंखर महाराजको प्रमुख वाचक र उपवाचक मेघनाथ कालीकोटेले ज्ञान महायज्ञमा प्रवचन गर्नुभएको थियो । आयव्याय सार्वजनिक कार्यक्रममा श्री वराईली कुल वंश प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद वराईली, सचिव मोहन वराईली, लेखा समिति संयोजक अम्बर वराईली, माई नगर समिति अध्यक्ष रामकुमार वराईली, कनकाई नगर समिति अध्यक्ष टेकबहादुर बराईली लगायातको आतिथ्यता रहेको थियो ।


