Kanakai Online

सुरुङ्गामा पहिलो पटक पशुपति सुपर ६ क्रिकेट प्रतियोगिता हुदै


बिहिवार, जेठ २४, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ कनकाई माविको चौरीमा पहिलो पटक पशुपति अंग्रेजी मावि सुपर ६ क्रिकेट प्रतियोगिता हुने भएको छ ।


प्रतियोगिताको वारेमा आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समिति वाईट वास क्रिकेट क्लव सुरुङ्गाको आयोजनामा प्रथम पटक हुन लागिरहेको प्रतियोगिताको मुख्य प्रायोजन पशुपति अंग्रेजी माध्यमिक विद्यालय सुरुङ्गाले गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार दोस्रो हुने टिमले नगद २५ हजार नगद प्राप्त गर्ने छ भने विधागत खेलाडी तथा फाईनल खेलको हरेक छक्का चौका र विकेट लिने खेलाडीले समेत आकर्षक नगद पुरस्कार प्राप्त गर्ने कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

शुक्रवार, शनिवार र आईतवार गरि ३ दिनसम्म चल्ने प्रतियोगितामा आयोजक र कनकाई नगरपालिकाभित्रका पशुपति अंग्रेजी मावि, कनकाई भेट्टान क्रिकेट टिम सहित प्रदेश नम्बर १ र २ का गरि २२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष विवेक खतिवडाले बताउँनुभयो । प्रतियोगिता आयोजन ागर्नका लागि जम्मा ३ लाख खर्च लाग्ने र यसका लागि प्रायोजक पशुपति अंग्रेजी मावि कनकाई नगर खेलकुद विकास समिति लगायातका अन्य दाताहरुको सहयोगबाट प्रतियोगिता सम्पन्न गरिन लागेको र हरेक बर्ष यस प्रतियोगितालाई निरन्तता दिदै जाने समेत पत्रकार सम्मेलनमा आयोजक समितिका एलिस मैनालीले जानकारी दिए । सुरुङ्गाका युवाहरुको क्रिकेट क्रेजलाई हेरेर पशुपति अंग्रेजी माविले प्रतियोगितालाई सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको भन्दै खेलका मुख्य प्रायोजक पशुपति अंग्रेजी माविका प्रिन्सिपल एलपी उप्रेतीले हरेक बर्ष प्रतियोगितालाई निरन्तता दिनका लागि मद्धत गरिरहने प्रतिवद्धता जनाउन्ु भयो ।

सम्बन्धित खबर