Kanakai Online

विश्व वातावरण दिवश कनकाईमा भव्यताका साथ मनाईयो


बिहिवार, जेठ २४, २०८१ |

कनकाई अनलाईन

विश्व वातावरण दिवस २०८१ को अवसरमा झापाको कनकाईमा बृहतरुपमा बृक्षरोपण गरिएको छ । कनकाई सामुदायिक वनको आयोजना र कनकाई बहुमुखी क्याम्पसको ईको क्लबको सह आयोजनामा बुधबार विश्व वातावरण दिवसका दिन कनकाई सामुदायिक बनको खण्ड ४ मा एकहजार बिरुवा रोपिएको हो ।


जहाँका ४५ सय सुकेका रुखहरु यसै बर्ष आवाश्यक प्रक्रिया पुर्याएर कनकाई सामुदायिक वनले कटान गरेको थियो । सोही ठाउमा विश्व वातावरण दिवस २०८१ को अवसरमा बृक्षारोपण गरिएको वनका अध्यक्ष ख्याम ओलिले वताउनु भयो । उहाँले सुकेका रुख कटान गरिएको खण्ड ४ मा मात्रै यश बर्ष ४० देखि ५० हजार बिरुवा उद्पादन गरिने कार्यक्रम रहेको पनि जानकारी दिनु भयो ।

उक्त क्षेत्रमा बुधबार विश्व वातावरण दिवसका दिन विभिन्न जडिबुटी देखि फलफूल जन्य बिरुवा रोपीएको छ भने ति विरुवाहरु कनकाई सव डिभिजन वनले उपल्ध गराएको थियोे ।

बृक्षरोपण कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेल बिशेष अतिथिहरु कनकाई वडा नं। २ का वडा अध्यक्ष वलराम राई , ४ का वडा अध्यक्ष रोशन सुवेदी , परिसद सदस्यहरु , कनकाई सव डिभिजन वनका प्रतिनिधि याम राना , कनकाई नगर माहासंघको अध्यक्ष मान्ता खरेल , हरिकुल नमुना माध्यमिक बिद्यालय , प्यारागन एकाडेमी , ग्लोबल एडुकेयर एकाडेमी , ज्ञानमाला स्मार्ट एकाडेमी , क्याम्ब्रिज आईटि कलेज , आयोजक परिवार , सहआयोजक परिवारको सहभागीता रहेको थियो ।
बृक्षारोपणमा सक्रिय सहभागीता जनाउने बिद्यालय र विद्यार्थीलाई कनकाई सामुदायिक वनले सम्मान पत्र द्वारा सम्मान समेत गरेको छ ।

सह आयोजक ईको क्लबका अध्यक्ष उत्तम लोहारको संयोजनमा गरिएको वृक्षारोपण संगै वनका अध्यक्ष ख्याम प्रसाद ओलिको अध्यक्षतामा भएको अौपचारीक कार्यक्रममा प्रमुख अतिथि पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको सन्चालन ईको क्लबका सचिव मनिस हिङमाङ्गले गर्नुभएको थियो ।

यसै विच विश्व वातावरण दिवसकै अवसरमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाको अगुवाई , नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य र प्रहरी साथै स्थानीयको समेत सहभागीतामा कनकाई ३ सुरुङ्गा, झापा रोडको खाली बल्कमा निम, अमला, तेजपात, अशोक , लगायतका बिरुवा रोपिएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रविन भट्टराईले जानकारी गराउनु भएको छ ।

सम्बन्धित खबर