अशोक बान्तवा
‘किन बनेन देश रु’ यो हामी कहाँ सर्वाधिक बहसको प्रश्न हो । देश नबन्नुको जिम्मेवारी र भारी हामी कसैलाई सजिलै बोकाइदिन्छौं । इतिहास माथिको आरोप, भत्र्सना र दाबी उसैगरी जारी राखेका छौं । इतिहासको जस र अपजसको भारीलाई अहिले छोडिदिम् । ‘कसको कारणले बिग्रयो देश वा किन बनेन देश रु’ भन्ने प्रश्नलाई छोडेर ‘अब कसरी बनाउने देश रु’ यसको उत्तरको खोजी गरौं । ‘अब कसरी बन्छ देश रु’ यो प्रश्नको धेरै उत्तर मध्ये जरुर एक उत्तर हुनेछ, ‘पर्यटन उद्योगको विकास ।’
नेपाल विश्वको अद्वितीय पर्यटकीय गन्तव्य हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा १० लाख १४ हजार ८ सय ७१ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा इलाम अग्रणी सूचीमा पर्छ ।
नेपालका विभिन्न जिल्लाका पर्यटकीय गन्तव्यहरुको आ(आफ्ना विशेषता छन् । पर्यटनको कुरा गर्दा हाम्रो प्रश्न हुन्छ, ‘कुन जिल्लामा के छ, के पाइन्छ रु’ अर्थात् कहाँ केका लागि घुम्न जाने रु तर,इलामको हकमा सहजै भन्न सक्छौं, ‘के छैन रु’ सबथोक छ । ‘के का लागि इलाम जाने रु’ हाम्रा प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र धार्मिक केन्द्रहरुको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि इलाम जाने ।’
पर्यटनमा ‘सिजन’को कुरा हुन्छ । कुन ‘सिजन’मा कहाँ जाने रु तर इलाम यस्तो पर्यटकीय गन्तव्य हो, जहाँ हरेक ‘सिजन’ पर्यटकका लागि उत्तिकै सुन्दर छ । कन्यामको सुन्दर चियाबारी होस् वा श्रीअन्तुको झुल्के घाम वा श्रीअन्तुको डुंगा सयर । झन्डीडाँडाको पदयात्रा होस् वा कुटी डाँडामाथिको पाथीभराको दर्शन । सन्दकपुर होस् वा इलाम बजार । हरेक ‘सिजन’मा पर्यटकलाई स्वागत गर्न तयार छ, इलाम ।
इलामको प्रसिद्ध पर्यटकीय स्थलहरुमा कन्याम र श्रीअन्तु अग्रस्थानमा आउछ । त्यही क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित भइरहेको अर्को क्षेत्र हो, झन्डीडाँडा । कन्याम र श्रीअन्तु नजिकै पर्ने रोङ गाउँपालिका रम्भ्याङस्थित झन्डीडाँडा इलामको ‘भर्जिन’ गन्तव्यस्थल हो ।
कन्याम, श्रीअन्तुसँगै झन्डीडाँडालाई पनि समावेश गरेर एकीकृत पर्यटकीय अवधारणा तयार पारेर कार्यान्वयन गर्न सकिएको खण्डमा इलामको पर्यटन उद्योगमा मात्रै नभएर नेपालकै पर्यटन उद्योगमा टेवा दिने सम्भावना देखिन्छ । आसपासमा रहेका यी तीनै पर्यटकीय गन्तव्यहरुको अलग र फरक विषेशता रहेको छ ।
कन्याम, श्रीअन्तु र झन्डी डाँडाको यही फरक र अलग विशेषतालाई समावेश गरेर यस क्षेत्रको विकास र ‘टुर प्याकेज’ निर्माण गरिए कम्तीमा यो क्षेत्रका आएका पर्यटक २र३ दिनदेखि एक हप्तासम्म आनन्दका साथ घुम्न सक्छन् ।
कम्तीमा कन्याममा चियाबारी घुम्न आएका पर्यटकहरु श्रीअन्तुको झुल्के घाम हेर्न पुगोस् । श्रीअन्तुमा झुल्के घाम हेरेर फर्किएका पर्यटकहरु अन्तु पोखरीमा डुंगामा रमाएर कन्याममा घोडा चढेर रमाओस् ।
कुटीडाँडाको पाथीभारा दर्शन गरेर करसोङ्ग पदमार्ग हुँदै झन्डीडाँडामा पुगोस् । यसो गर्न सकिएमा इलामको पर्यटनमा नयाँ अध्याय सुरु हुन सक्ने सम्भावना छ ।
प्राकृतिक, सांस्कृतिक र धार्मिक विशेषता सहितको एकीकृत पर्यटन प्रवर्द्धन अवधारणा बढाउँदै लैजानुपर्ने आवश्यकता छ । त्यही बसहको लागि यो आलेख तयार पारिएको हो ।
पर्यटनलाई ठाउँ विशेषको पहिचानको रुपमा मात्र नभइ स्थानीय उत्पादन, व्यापार र आय आर्जनसँग समेत जोडेर हेर्नुपर्दछ । जसका लागि पर्यटकको बसाई अवधि बढाउन नितान्त जरुरी हुन्छ । अहिले करिब कन्याममा एक छिन् र अन्तुमा एक दिनका लागि आउने पर्यटकलाई यी तीन वटै स्थानको एकीकृत पर्यटन अवधारणा लागू गर्न सके कम्तीमा एक हप्ताको प्याकेज निर्माण र कार्यान्वयन गर्न सकिन्छ ।
यसका लागि सर्वप्रथम भौतिक पूर्वाधारको आवश्यकता पर्दछ । कन्यामबाट श्रीअन्तु, श्रीअन्तुबाट झण्डीडाँडा र झण्डीडाँडाबाट कन्याम जोड्ने त्रिकोणात्मक पक्की सडक सञ्जाल निर्माण गर्नुपर्दछ । तीन चुला आकारमा उभिएका श्रीअन्तु डाँडा, झण्डी डाँडा र कन्यामको आ(आफ्नै विशेषता बमोजिमका पूर्वाधार विकास गर्दै त्यसको दिगोपनाका लागि फरक स्थानको फरक स्वादको अनुभूति हुने गरी एकीकृत सञ्जाल तयार गरी प्याकेजमा घुम्ने वातावरण बनाउनु पर्दछ ।
कन्याम आएका पर्यटकलाई श्रीअन्तुडाँडा र झण्डीडाँडा समेतमा पुग्ने वातावरण सिर्जना गर्नुपर्छ । आखिर एक्ला एक्लै हिँडेको यात्रा भन्दा संयुक्त यात्रामा दिगोपना रहन्छ । कन्याम र अन्तुको बीचमा सिद्धीखोलामा र अन्तु र झन्डीको बीचमा सिद्धीखोलामै आकर्षक पुल बनाउन सकिन्छ ।
सडक, पुल पूर्वाधारहरु चाहिँ स्रोत पाएसम्म र सकेसम्म उन्नत, विकसित मुलुकहरुकै मापदण्ड र गुणस्तरमा र नभए कम्तिमा पनि सामान्य दुई लेन पक्की सडक र उपयुक्त साधारण पक्की पुलले चाहिँ जोड्नै पर्छ । किनकि, सडक आधारभूत पक्ष हो। विकासको लाइफलाइन हो। कन्याम झन्डीडाँडा जोड्ने सडकको फाजिगाउँ( तारगाउँ खण्डमा फास्ट ट्रयाक मोडेलको अग्लो पुल बनाउन सके पर्यटनको लागि आकर्षण हुन्छ ।
कन्याम
कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाहृय पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । कुनै सिपालु चित्रकारले बनाएको सर्वोकृष्ट चित्र जस्तो सुन्दर देखिन्छ, कन्याम । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामापर्यटकहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।
पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढीलगायतका सेवाहरू उपलब्ध छन् । यहाँ विभिन्न ठाँउबाट दैनिक जसो धेरै पर्यटकहरु पिकनिकको मनोरन्जन लिन आउछन् । दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् ।
कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् । कन्यामबाट श्रीअन्तु, झण्डीडाँडा, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
झण्डी डाँडा
झन्डीडाँडा इलामको रोङ गाउँपालिका ६ रम्भ्याङस्थित एक प्रमुख र आकर्षक पर्यटकीयस्थल हो । अर्गानिक पर्यटकीयस्थलका रूपमा परिचित हुँदैगरेको झन्डीडाँडा एक हजार ३९६ मिटर उचाईमा छ । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभइ साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडा हो । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकषिर्त गरिएको छ ।
झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ । झण्डीडाँडालाई गाजलेथुम्का नामले समेत चिनिन्छ ।
झापाको काँकडभिट्टाबाट २४ किलोमिटर उत्तरमा पर्ने झन्डीडाँडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । यो ठाउँ तराई र पहाड दुवैतिरबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो ।
भारतबाटसमेत मेची खोला हुँदै यहाँ आउन सकिन्छ । हासपोखरी र ब्युटी बोर्डर दुवै पोइन्टबाट गाडीमा र पदमार्ग भएर पनि झन्डीडाँडामा आउने सुविधा छ ।
साइक्लिङ रोड समेत भएकाले साइकलमा समेत युवाहरू यो पदमार्गबाट आउनेगरेका छन् । चुरे क्षेत्रमा यो उचाइको डाँडा विरलै पाइने गरेकाले पनि झन्डीडाँडाको महत्व अझ बढेको छ । झन्डीमा पर्यटकले क्याम्प फायर र नाइट स्टे क्याम्प पनि गर्न थालेका छन ।
झन्डीडाँडा घुम्न आउने आन्तरिक पर्यटक यहाँको सौन्दर्यमा लालायित हुन्छन् । झन्डीडाँडालाई पर्यटकले प्राकृतिक भ्यु(टावरको उपमासमेत दिनेगरेका छन् । अहिले यहाँ घुम्नका लागि युवा, ज्येष्ठ नागरिक, केटाकेटी सबै एकपटक पुग्ने प्रयास गरिरहेका भेटिन्छन । फेसबुकलगायत सामाजिक सञ्जालहरूमा सेल्फीे, भिडियो लाइभ र फोटोहरु प्रशस्त आउने गरेका छन ।
झन्डीडाँडा धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा झन्डीडाँडालाई मानिएको छ । झन्डीडाँडामा रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ ।
किरातीहरूले उधौली, उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको किंवदन्ती छ ।
किरातीहरू वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्नेगरेको पाइन्छ । किरात संस्कृतिको धरोहरका रूपमा रहेको झन्डीडाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि यहाँ साकेला थान छ भने उधौली र उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ ।
झन्डीडाँडामा झापा, मोरङ्ग, सुनसरी लगायत तराई क्षेत्रहरु र भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा ९राजधानी काठमाडौं देखि भन्दा नजिक० झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर(मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । झन्डीडाँडा दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।
असोजदेखि जेठसम्म सूर्योदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झन्डीडाँडासम्म पुग्न मेची राजमार्गको हासपोखरी खण्डबाट सुरु हुने करसोङ पदमार्ग अन्तर्गत गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम(स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्योदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । करसोङ पदमार्ग भएर मेची राजमार्गको हाँसपोखरीबाट यात्रा गर्ने, रम्भ्याङस्थित होमस्टेमा बस्ने, झन्डीडाँडामा इभनिङ भ्युसँगै शीतल मनोरञ्जन लिने, भोलिपल्ट बिहान झन्डीडाँडाबाट सूर्योदय दृश्यावलोकन गरी प्याराग्लाइडिङबाटै झापा प्रस्थान गर्ने प्याकेज राम्रो बन्न सक्छ ।
कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ(सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । अचेल यहाँ आन्तरिक र बाहृय पर्यटकसमेत आउनेक्रम बढेको हो ।
स्थानीयवासी यो क्षेत्रमा पहिलेदेखि नै सूर्योदय हेर्न जाने गरेका थिए ।पहिलेदेखि नै स्थानीयवासी बसन्त र सरद ऋतुमा वनभोज ९पहिले वनभात भनिन्थ्यो० खान जाने गरेका थिए । बनभोजमा स्थानीय सांस्कृतिक, लोक, दोहोरी गीतहरु समेत गाइन्थ्यो । जसले, गाउँ र छरछिमेकमा सामाजिक सद्भाव र भाइचारा विकासमा योगदान गरेको थियो ।
हिजोआज तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरू दिनभरिको गर्मी छल्न र वनभोज खान ट्रयाक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । कच्ची बाटो भएपनि यहाँ आउन र रमाइलो गर्न उनीहरू उत्साहित देखिन्छन् । सडक, पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने यो क्रम अझै बढ्ने निश्चित छ ।
झन्डीडाँडा आसपासमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । प्याराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मका पर्यटकसमेत यहाँ आकषिर्त गर्ने पर्यटनकर्मीको लक्ष्य छ । यो प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्ने छ । मिनी माउन्टेन आसपास प्याराग्लाइडिङ ल्यान्डिङ गराउनसके मिनी माउन्टेनलगायत त्यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर हुनेछ ।
जसबाट स्थानीय लाभान्वित हुन सक्ने देखिन्छ । झन्डीडाँडाबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारीको होटल मेची क्राउन पुगेर बास बस्नसमेत पायक पर्छ पर्यटकलाई । वा धुलाबारीस्थित होटल मेची क्राउनमा बसेका पर्यटकलाई मिनी माउन्टेन हुँदै झण्डी डाँडा पुग्न पनि सहज हुन्छ । मिनी माउन्टेनबाट सुरु हुने जिर्मले सांस्कृतिक सर्किट पदमार्ग भएर खारखोला, पहिरोडाडा, देवी डाडा, चुलिढुंगा, कुवापानी, मनकामना धाम हुँदै वा जौबारी लामागाउँस्थित गुम्बा बाट धजे भएर पनि पुग्न सकिन्छ ।
श्रीअन्तु
श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वीभेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गतको एक चर्चित पर्यटकीय स्थान हो । यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ । अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलामको व्यवसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दूरीमा पर्दछ ।
वि।सं। २०४३ मा यसलाई ‘दिपेन्द्र शिखर’ भनी नामाकरण गरिएको भए पनि पुरानै नाम श्री अन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ । यहाँ सुर्योदयको अतिरिक्त चियाबगान, अन्तु पोखरी जस्ता आकर्षणहरु रहेका छन् ।
काठमाडौंबाट भद्रपुर नगरपालिका सम्मको हवाई यातायात, त्यसपछि सतही यातायातबाट चारआली हुँदै फिक्कल वा पशुपतिनगरबाट पुग्न सकिन्छ । देशका विभिन्न स्थानबाट महेन्द्र राजमार्ग झापा जिल्लाको चाराली हुँदै फिक्कल वा पशुपतिनगरबाट श्री अन्तु पुग्न सकिन्छ ।
एकीकृत विकास
माथि उल्लेखित तीनै क्षेत्रलाई जोडेर नमूना पर्यटकीय कोरिडोर निर्माण गर्न उपयुक्त हुन्छ । यसमा थप पैदल यात्रा गर्न चाहनेहरुका लागि हाँसपोखरीबाट शुरु हुने करसोङ पदमार्ग भएर करिब एक दिनको प्याकेजमा झन्डी डाँडा पुग्न सकिन्छ । यसले धार्मिक पर्यटकीय स्थल पाथिभरा मन्दिरलाई समेत यही पर्यटन कोरिडोरभित्र समेट्छ ।
झन्डीडाँडा, पाथिभरा मन्दिर, कन्याम र श्रीअन्तुडाँडा चारै स्थानको टुरिज्म कोरिडोर बनाएर आसपासका सबै क्षेत्रहरुमा कृषि, उद्यम, पर्यटन पूर्वाधार, नागरिक शिक्षा अभिवृद्धि गरी भारत र चीनको पर्यटक तान्ने कोसिस गर्नुपर्दछ ।
यस प्याकेजको बारेमा कोलकत्ता लगायत भारतका विभिन्न क्षेत्रहरुमा पर्यटन प्रवर्द्धन मेला बाट प्रचार गर्नुपर्दछ । यस क्षेत्रको स्थानीय तह र चीनको कुनै नगरसँग भगिनी सम्बन्ध विस्तार गरी सम्वन्ध र आवगमनलाई फराकिलो बनाउनु पर्दछ । भारत र चीनको पर्यटकमात्रै उल्लेख्य मात्रामा भित्रिएमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित ।