Kanakai Online

एभिन्युजका पत्रकार न्यौपाने सम्मानित


शनिवार, भदौ २३, २०८० |

कनकाई अनलाईन
झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार आज बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।
एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन प्रशारण गर्दै आएका छन् ।
पत्रकारितामार्फत व्यवसायिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले उनलाई दोसल्ला ओढाएर नगद आठ हजार एकसयसहित सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।
पत्रकार न्यौपानेसँगै कृषक भीमलाल मावो, लघु उद्यमी माया गुरुङ, व्यवसायी प्रभातकुमार अग्रवाल र उत्कृष्ट जिल्लाका रुपमा कास्कीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, महासंघका सल्लाहकार दीपक नेपाल, निर्वतमान अध्यक्ष राजकुमार कार्की, किसानका तर्फबाट ताप्लेजुङका हर्कबहादुर गुरुङ, खोटाङ जिल्ल अध्यक्ष प्रेमकुमार राई, अलैंची विकास केन्द्र फिक्कलका राजन परियार लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।

सम्बन्धित खबर