कनकाई, ११ जेठ । झापाको कनकाई नगरपालिका–६ स्थित जनपथ मार्ग कालोपत्रे हुन थालेको छ । कनकाई नगरपालिकाको ७० प्रतिशत र संघीय सरकारको ३० प्रतिशत लागतमा जनपथ मार्ग कालोपत्रे हुन थालेको हो । बहुवर्षीय योजना अन्तर्गत सडक निर्माण कार्य सुरु भएको नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो ।
जनपथ मार्ग अन्तर्गत १ हजार ८३२ मिटर लामो र ७ मिटर चौडा सडकको ठेक्का पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालि कनकाई–३ ले पाएको उहाँले बताउनुभयो । सडक निर्माणका लागि ३ करोड २६ लाख ८७ हजार ८९९ रुपैयाँ ६५ पैसामा ठेक्का आह्वान गरिए पनि भ्याट र पीएससहित ३ करोड ७ लाख १४ हजार ६९५ रुपैयाँ ७७ पैसामा ठेक्का लागेको इन्जिनियर थेवेले जानकारी दिनुभयो ।
आक्सबाल्ट प्रविधिबाट ४० एमएम मोटाइएको सडक निर्माण हुने इन्जिनियर थेवे बताउनुहुन्छ । सडकसँगै उक्त सडक खण्डमा पनेर् कल्भर्ट समेत निर्माण हुनेछ । सडक निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ साल मंसिर २८ गते सम्झौता भएको थियो । सडकको निर्माण कार्य भने २०८३ भदौ २५ गतेसम्म सम्पन्न गर्नुपनेर् छ ।
सडक निर्माणको ठेक्का पाएको पावर्ती अम्बिका कन्स्ट्रक्सनका सञ्चालक हरि भट्टराईले सडक निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । ‘सडक कालोपत्रे गनेर् चरणमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘सम्झौता अवधिभन्दा अगाडि नै काम सकेर हस्तान्तरण गनेर् तयारीमा छौं ।’
मध्यपूर्वमा चर्किएको द्वन्दका कारण बिटुमिन, पेट्रोलियम पदार्थ लगायतको अभावले गर्दा काम गर्न केही समस्या भएको उहाँको भनाइ छ ।
राजमार्गसँग सिधा सम्पर्क जोडियो
पञ्चायतकालमा खनिएको जनपथ मार्ग गणतन्त्र आएपछि कालोपत्रे हुन थालेको कनकाई–६ का वडाध्यक्ष लक्ष्मी ओली बताउनुहुन्छ । २०३७ सालमा ५ प्रतिशत ऐलानी र ९५ प्रतिशत व्यक्तिगत जग्गामा सडक खनिएको उहाँले बताउनुभयो ।
सडक निर्माण भएसँगै यो क्षेत्रको राजमार्गसँग सिधा सम्पर्क जोडिने वडाध्यक्ष ओली बताउनुहुन्छ । ‘सडक बनेपछि यस क्षेत्रका हजारौं बासिन्दा लाभान्वित हुनेछन्’, उहाँले भन्नुभयो, ‘यो बाटो बनेपछि नजिकैको सिमावर्ती भारतीय नाका लसुना पुग्नसमेत सहज हुन्छ ।’
केन्द्र सरकारको मापदण्डअनुसार १०५ फुटे बाटो निर्माण हुने कुरा भए पनि २०७४ सालमा नवनिर्वाचित जनप्रतिनिधि आएपछि कार्यपालिकाको बैठकबाट ५० फुटेको सडक कायम गरिएको वडाध्यक्ष ओली बताउनुहुन्छ ।
बिरिङ खोलामा पुल निर्माण भएको खण्डमा सडक भएर सदरमुकाम भद्रपुर पुग्न निकै सहज हुने वडाध्यक्ष ओली बताउनुहुन्छ ।


