कनकाई, ११ जेठ । झापाको कनकाई नगरपालिका–२ स्थित सन्का खोलामा बक्स कल्भर्ट (पुल) निर्माण भएको छ । ‘जामुनबारी चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण’ शीर्षक अन्तर्गत सन्का खोलामा पुल निर्माण भएको हो । संघीय सरकारको विशेष अनुदानमा ४३.६ मिटर लामो र ८.४ मिटर चौडा पुल निर्माण भएको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो ।
भ्याट र पीएस सहित २ करोड ८३ लाख १० हजार २०१ रुपैयाँ १५ पैसामा केएनकेएनसी जेबी दमकले पुल निर्माणको ठेक्का इन्जिनियर थेबेले बताउनुभयो । ठेकेदार कम्पनी र नगरपालिकाबीच २०८२ मङ्सिर २४ गते पुल निर्माणको सम्झौता भएको थियो । २०८३ वैशाख २५ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्न सक्नुपनेर् भएपनि वर्षाका कारण निर्माण कार्यमा अवरोध हुँदा २०८३ जेठ ३० गतेसम्म निर्माण अवधि थप गरिएको छ । पुल निर्माणको कार्य सम्पन्न भइसके पनि बाँध निर्माण लगायतका केही काम भइरहेको छ । ती कामहरु समेत अन्तिम चरणमा पुगेको इन्जिनियर थेवेले बताउनुभयो ।
४५० परिवार प्रत्यक्ष लाभान्वित
कनकाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप राई सन्का खोलामा पुल निर्माण भएसँगै यस क्षेत्रका करिब ४५० परिवार प्रत्यक्ष लाभान्वित भएको बताउनुहुन्छ ।
साविक सुरुङ्गा गाविस–८ र ३ लाई जोड्ने मेरुदण्डका रूपमा सन्का खोलामा नवनिर्मित पुललाई लिन सकिने वडाध्यक्ष राई बताउनुहुन्छ । ‘मलाई नै वडा कार्यालय जानु पर्दा सुरुङ्गा भएर जानुपथ्योर्’, उहाँले भन्नुभयो, ‘कार्यालय पुग्न झण्डै ४५ मिनेट लाग्थ्यो, पुल बनेपछि ५ देखि १० मिनेटमै वडा कार्यालय पुग्न सकिन्छ ।’
कनकाई–२ मा तीन वटा सामुदायिक विद्यालय रहेको र सो विद्यालयमा पठनपाठन गर्न जाने विद्यार्थीलाई समेत सहज भएको उहाँले बताउनुभयो । कनकाई नगरको रिङरोडलाई जोड्न यो पुल सहायकसिद्ध हुने वडाध्यक्ष राई बताउनुहुन्छ ।
कनकाई नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु जामुनखाडी सिमसार, धनुषकोटी धाम, सुकेडाँगी सामुदायिक वनको वनभोजस्थल लगायतका पर्यटकीय क्षेत्रलाई जोड्न यो पुलले ठूलो भूमिका खेल्ने भएकाले कनकाईकै महत्वपूर्ण पुलको रुपमा यो पुल रहेको वडाध्यक्ष राईको भनाइ छ ।
पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले समयमै पुल निर्माण गरेर नमूना काम गरेको भन्दै वडाध्यक्ष राईले ठेकेदार कम्पनीको प्रशंसा समेत गर्नुभयो । ठेकेदारको लापरवाहीका कारण धेरै योजनाहरु अलपत्र पनेर् गरेको र त्यसको मारमा आफू समेत परेको दुखेसो पोख्नु हुँदै वडाध्यक्ष राईले निर्माण कम्पनीलाई धन्यवाद समेत दिनुभयो ।
स्थानीयबासी भए खुसी
कनकाई–२ की गोमादेवी निरौला पुल निर्माणले स्थानीयबासी खुसीको भएको बताउनुहुन्छ । ‘हिउँदा भन्दा पनि बर्खायाममा आवातजावतमा ठूलो समस्या थियो’, उहाँले भन्नुभयो, ‘अब पुल बनेपछि त्यो समस्या सधैंका लागि अन्त्य भएको छ ।’ पुल नहुँदा एक फन्को लगाएर सुरुङ्गा बजार जानुपनेर् अवस्था रहेको उहाँले सुनाउनुभयो । पुल बनेपछि समय वडा कार्यालय जान पनि सहज भएको छ । यहाँका स्थानीयबासीलाई ठूलो राहत मिलेको छ ।


