
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ स्थित विद्योदय माविमा प्रजातान्त्रिक विधिबाट क्याप्टेन र भ्वाईस क्याप्टेन छनौट गरिएको छ ।
विद्यार्थीहरुमा सानै उमेरदेखि प्रजातान्त्रिक विधि र प्रक्रियामा सामेल गराउन र उनीहरुलाई समेत यस विधि प्रक्रियाका वारेमा जानकारी दिने उद्धेश्यका साथ निर्वाचन विधिबाटै क्याप्टेन र भ्वाईस क्याप्टेन छनौट गरिएको विद्यालयका पिन्सिपल विनोद उप्रेतीले बताउँनुभयो । यसरी छनौट हुदा क्याप्टेन भ्वाईस क्याप्टेन अन्य विद्यार्थीसग उत्तरदायी हुने विश्वास विद्यालय परिवारले लिएको पिन्सिपल उप्रेतीले बताउँनुभयो ।
विद्यालयको कक्षा ४ देखि १० सम्मको विद्यार्थी सहभागि भएको यस निर्वाचन प्रक्रियामा कक्षा १० की प्रसुना रसाईली निर्विरोध चयन हुदा भ्वाईस क्याप्टेनका लागि भने ८ जनाले उम्मेद्धारी दर्ता गराउँनुभएको थियो । जसमा आदित्य विष्ट र नविन भट्टराई निर्वाचित हुनुभयो ।
निर्वाचनमा मतदान अधिकृतका रुपमा शिक्षक महेस चौहान रहनुभएको थियो भने सहायक मतदान अधिकृतका रुपमा शिक्षक लक्ष्मी अधिकारी रहनुभएको थियो ।
विद्यार्थीहरुलाई आफ्नो मत अधिकारका वारेमा सामाजिक शिक्षक धु्रब खरेलले जानकारी गराउँनुभएको थियो ।
निर्वाचनबाट विद्यार्थीहरुलाई प्रजातान्त्रिक विधि र प्रक्रियाप्रति अभ्यास्त हुन पाएको विद्यालय परिवारले जनाएको छ ।


