Kanakai Online

ग्लोबल अन्डर १४ फुटसल को उपाधि कनकाई रेन्जरलाई


मङ्गलवार, वैशाख १, २०८३ |

कनकाई अनलाईन
झापाको सुरुङ्गास्थित कनकाई फुटसलमा एक दिवशीय अन्डर १४ फुटसल प्रतियोगिताको उपाधि कनकाई रेन्जरले जितेको छ ।
हिजो राती भएको फाईनल खेलमा अर्को कनकाईकै दाउरे एफसीलाई ६–१ गोल अन्तरले पराजित गर्दै उपाधि कनकाई रेगर्सले हात पारेको हो । फाईनल खेलमा गोल अन्तरले पराजित गर्दै कनकाई रेन्जरले नगद १६ हजार रुपैँया प्राप्त गरेको छ भने उपबिजयी हुने दाउरे एफसीले नगद ८ हजार रुपैँया प्राप्त गरेको छ । बिजयी तथा बिजयी टिमलाई कनकाई नगरप्याब्सनका अध्यक्ष विनोद उप्रेती, आयोजक ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल बिमान लामा, कनकाई फुटसलका सञ्चालक मोहन थापा लगायातले नगद र ट्रफि प्रदान गर्नुभयो । प्रतियोगितामा कनकाई रेन्जरका कि
मिसन हस्ता सर्वोकृष्ट गोलकर्ता, यसैगरि वेस्ट गोलकिपर कनकाई रेन्जरकै पर्वत हेमरम,म्यान अफ द सिरीज दाउरे एफसीका स्पर्श सिटौलालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

हाल विद्यालयहरुमा बार्षिक परिक्षा भएर केहि दिन विद्यालयहरु समेत विदा भएको अवस्था भएकोले यहाँस्थित कनकाई नगरपालिका ३ मा रहेको ग्लोबल एडुकेयर एकेडेमीको आयोजनामा यही चैत्र ३० गते अन्डर फोर्टिन खुला फुट्सल प्रतियोगिताको आयोजना गरिएको आयोजक समिति ग्लोबल एडुकेयर एकाडेमीका प्रिन्सिपल बिमान लामाले पत्रकार सम्मेलनको आयोजना गरि बताउँनुभएको थियो ।

प्रतियोगितामा झापा जिल्ला भरबाट आयोजक बाहेक १६ टिम र आयोजक ग्लोबल एडुकेयरका दुई टिम गरी १८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा झापाका विभिन्न टिमहरु आयोजक ग्लोबल एडुकेयरको २ टिमको सहभागिता रहने र थप अन्य टिमहरुमा नयाँबस्ती एफसी, डिलाईट एफसी, कनकाई रेन्जरर्स, दाउरे एफसी, युथ भिजन क्लव, बुद्ध स्पोटिङ्ग क्लव, दुर्गापुर एफसी, चर्चावारी एफसी, ज्ञानमाला स्मार्ट एकाडेमी, दिव्यरत्न टिम, दिपंक टिम, पारिजात टिम, ब्लाक फर्मेट टिम, विएफसी टिम, सिमसार एफसी, दमक एफसी, दमक एफसी गरि १८ टिमको सहभागिता रहेको थियो छ ।




सम्बन्धित खबर