कनकाई अनलाईन
झापाको सुरुङ्गास्थित कनकाई फुटसलमा एक दिवशीय अन्डर १४ फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ ।
हाल विद्यालयहरुमा बार्षिक परिक्षा भएर केहि दिन विद्यालयहरु समेत विदा भएको अवस्था भएकोले यहाँस्थित कनकाई नगरपालिका ३ मा रहेको ग्लोबल एडुकेयर एकेडेमीको आयोजनामा यही चैत्र ३० गते अन्डर फोर्टिन खुला फुट्सल प्रतियोगिता हुने भएको हो ।
ग्लोबल एडुकेयर एकेडेमीका प्रिन्सिपल विमान लामाले शनिबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराउदै विद्यालयले विद्यार्थीहरूको पढाइ लेखाइमा मात्रै ध्यान नदिएर अतिरिक्त क्रियाकलापहरू पनि निरन्तर जोड्दै आएको र अहिले सबै कक्षाका परीक्षा सम्पन्न भई विद्यार्थीहरु फुर्सदिलो भएको समयलाई सदुपयोग गर्दै फुट्सल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यार्थीले सामूहिकता, अनुशासन र सफलता केहो सिकुन भन्ने उद्देश्य राखेर पनि ग्लोबल एडुकेयर एकाडेमीले यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा झापा जिल्ला भरबाट आयोजक बाहेक १६ टिम र आयोजक ग्लोबल एडुकेयरका दुई टिम गरी १८ टिमको सहभागिता रहेको प्रिन्सिपल विमान लामाले जानकारी गराउनुभएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १६,००० ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद रु. ८,००० ट्रफी र मेडल प्राप्त गर्ने छन् । त्यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई मेडल द्वारा सम्मान गरिने प्रिन्सिपल लामाले जानकारी दिनु भएको छ ।
प्रतियोगिता कनकाई ३ मा रहेको कनकाई फुटसलमा यही ३० गते बिहान ८ बजेबाट सुरु गरी सोही दिन समापन गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा झापाका विभिन्न टिमहरु आयोजक ग्लोबल एडुकेयरको २ टिमको सहभागिता रहने र थप अन्य टिमहरुमा नयाँबस्ती एफसी, डिलाईट एफसी, कनकाई रेन्जरर्स, दाउरे एफसी, युथ भिजन क्लव, बुद्ध स्पोटिङ्ग क्लव, दुर्गापुर एफसी, चर्चावारी एफसी, ज्ञानमाला स्मार्ट एकाडेमी, दिव्यरत्न टिम, दिपंक टिम, पारिजात टिम, ब्लाक फर्मेट टिम, विएफसी टिम, सिमसार एफसी, दमक एफसी, दमक एफसी गरि १८ टिमको सहभागिता रहने छ । यस प्रतियोगितामा कुनै दर्ता शुल्क नलाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनको सहजिकरण कनकाई फुटसलका संचालक मोहन थापाले गर्नुभएको थियोे भने प्रतियोगिता व्यवस्थापक ललित कुवरको समेत उपस्थिति रहेको थियोे ।


