Kanakai Online

बिर्तामोडको यातायात कार्यालयबाट विचौलिया पक्राउ


बिहिवार, चैत १९, २०८२ |

कनकाई अनलाईन
बिर्तामोडस्थित मेची यातायात ब्यबस्था बिभागको कार्यालयमा बिचौलियाको मिलेमतोमा व्यापक अनियमितता भइरहेको गुनासो आएपछि प्रहरीले छापा मारी एकजनालाई पक्राउ गरेको छ ।

आज दिउँसो १ बजे गोप्य सूचनाको आधारमा ,इलाका प्रहरी कार्यालय बिर्तामोड र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त संरुपमा खटिएको सादा पोसाकको टोलीले गौरादह ९ बस्ने ३० वर्षीय लालबहादुर बिष्टलाई नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिइ इलाका प्रहरि कार्यालय बिर्तामोडमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।