कनकाई अनलाईन
जबरजस्ती करणी आरोपमा झापाका स्थापित उद्योगी प्रदिप मित्तल पक्राउ परेका छन् ।
आज विहान उनलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको हो । गत चैत ३ गते दिउँसो १ः१५ बजे मेचीनगर –१४ पाथिभरा टोलमा बिर्तामोड २ बस्ने ६२ वर्षीय प्रदिप मित्तलले सोही ठाउँ बस्ने २३ वर्षीया युवतीलाई जवरजस्ती करणीको प्रयास गरेका थिए । जवरजस्ती करणी उद्योग कसुरमा जाहेरी दर्ता भएपछि मित्तललाई प्रहरीले खोजी गरिरहेको थियो ।
पीडकको खोजतलास जारी रहेकोमा उनी आज बिहान १०.१५ बजे आफै इप्रका धुलाबारीमा उपस्थित भएकाले नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


