कनकाई अनलाईन
लामो समयदेखि सडकमा वेसाहारा जीवन जीउन बाध्य मानवहरुका लागि मानव आश्रम सञ्चालन गर्दै आउनुभएका रामजी अधिकारी र उहाँको मानव सेवा आश्रमले झापाको सुरुङ्गामा आमा सेमिनारको आयोजना गर्न लागेको हो ।
यहि चैत्र १७ गते मंगलवारका दिन कनकाई उद्योग वाणिज्य संघको सभाहलमा दिउसो १ बजेदेखि ३ बजेसम्म यस क्षेत्रका सबै संघ संस्थाका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि लगायातका सामाजिक व्याक्तिहरुको माझमा आमा सेमिनारको आयोजना गर्न लागिएको मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । सेमिनारको लागि सबैखाले तयारी सकिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
मानव सेवा आश्रमकी कोशी प्रदेश संयोजक समेत रहनुभएकी गंगाकुमारी थापाका अनुसार जोकोहीपनि व्याक्ति घरपरिवारवाटै सुरक्षित भएर बसुन कोहीपनि मानव सडकमा आउनु नपरोस भनेर यस प्रकारको सेमिनार गर्न लागिएको हो । सरकारसगको समन्वयमा मानव सेवा आश्रमले यहि आगामी बर्ष नेपाललाई सडक मानवमुक्त देश घोषणाको तयारी समेत थालिसकेको कारण यस कार्यक्रम राखिएको थापाले बताउँनुभयो । सबै मानवको जन्म परिवारमै हुन्छ, परिवारकै संरक्षणमा शिक्षा दिक्षा हुन्छ । पारिवारीक प्रेममै मानिसको सबै उमेर समुह रहन पाउनुपर्छ मिलेर बस्नु पर्छ यसका लागि घरैवार यो अभियानको थालनी हुनु जरुरी छ जसकारण यस अभियान थालिएको हो । आमा अभिानकर्मी तथा मानव सेवा आश्रमका अभिभावक कनकाई नगरपालिकाका गोपाल खरेलले भन्नुभयो ।
पत्रकार सम्मेलनमा मानव सेवा आश्रमकी साधिका अनिता खरेल, प्रतिज्ञा ढुुङ्गेल लगाातको सहभागिता रहेको थियो ।
मानव सेवा आश्रमले नेपालका विभिन्न २१ जिल्लामा २९ मानव सेवा आश्रम सञ्चालन गरि सडक मानवहरुको उद्धार र परिवारसग पुर्नमिलन गराउँदै आएको छ । झापाको मेचीनगर, मोरङ्गको विराटनगर, सुनसरीको धरान लगायातका क्षेत्रमा मानव सेवा आश्रम रहिआएको छ ।


