Kanakai Online

सालको गोलिया लोड गरेको अटो सहित चालक पक्राउ


बिहिवार, चैत १२, २०८२ |

कनकाई अनलाईन
झापाको बुद्धशान्ति गाउँपालिका १ मा सालको काँचो गोलियासहित अटो र चालक पक्राउ परेका छन् ।

बुधवार साँझ ७.२० बजे बुद्धशान्ति –१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधवारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको गस्ती टोली र रोङ सव डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत होमचन्द्र गौतम नेतृत्वको टोली समेतले भोटेटार तर्फबाट बुधबारे पुलचोकतर्फ आउँदै गरेको मे १ ह ४१४४ नम्बरको अटोमा साल जातको काँचो गोलिया थान–३ अन्दाजी १० क्यु फिट लोड गरी ल्याउँदै गरेको अवस्थमा नियन्त्रणमा लिएको हो ।

उक्त गोलियासहितको अटो र अटो चालक बुद्धशान्ति वडा नं. १ दामा बस्ने १७ वर्षिय संयोग लिम्बु समेतलाई नियन्त्रणमा लिई इप्रका बुधवारेमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर