कनकाई अनलाईन
भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार साँझ ६ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही इश्वरपुर ४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा ११ स्थित बसपार्कमा डेरा गरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।शरीर तलासी लिँदा उनले मलद्वारमा लुकाएर ल्याएको प्लाष्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लाष्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई लागूऔषधसहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोमवार बिहान ८ बजे मेची पुलमै मलद्वारमा लागूऔषध लुकाएर ल्याउँदै गर्दा धादिङ गंगाजमुना गाउँपालिका वडा न.५ बस्ने ४४ वर्षीय प्रकाश अधिकारी पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीमा नेपालतर्फ आइरहेका अधिकारीलाई सोधपुछ गर्दा मलद्वारभित्र लुकाई छिपाई ल्याएको प्लाष्टिकसहित १० ग्राम ४३०मिलिग्राम र प्लाष्टिकबाहेक९ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।


