Kanakai Online

नवयुग शिक्षा निकेतनले मनायो २९ औ वार्षित्सवक


शुक्रवार, फागुन ८, २०८२ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ७ दुर्गापुरस्थित नवयुग शिक्षा निकेतनले आफ्नो २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवश भव्य रुपमा विविध सास्कृतिक कार्यक्रमका साथ आज मनाएको छ ।
विद्यालयकी अध्यक्ष हेलोन पोखरेलको सभापतित्व तथा कनकाई नगरपालिकाका शिक्षा साखा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सदस्य भानु राजवंशी, कनकाई नगर शिक्षा साखाका रोहित पौडेल, जिल्ला प्याब्सनका सहसचिव विनोद सुब्बा, कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेती, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, विद्यालयमा स्थापना भएको मुना स्मृति कोषकी कौशिल्या सापकोटा, अस्थायी प्रहरी बिट दुर्गापुरकी प्रमुख छत्र श्रेष्ठ, लगायातको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका पिन्सिपल प्रफुल्ल पोखरेलले विद्यालयले क्रमश विद्यार्थीलाई किताबी ज्ञान भन्दा बाहिर अतिरिक्त क्रियाकलापको माध्यमबाट जीवन उपयोगी शीपहरु सिकाउदै लैजाने र योग्य र व्यावहारिक नागरिक बनाउने प्रतिवद्धता जनाउनु भयो । शिक्षालाई किताबी ज्ञानमात्रमा सिमित नगरीकन शिक्षा, खेलकुद र भाषा कला सस्कृतिसग जोडेर लैजाने प्रिन्सिपल पोखरेलले प्रतिवद्धता जनाउनुभयो ।


यता कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका शिक्षा साखा प्रमुख राजकुमार ओडारीले नवयुग शिक्षा निकेतनले आफ्नो २९ औ वार्षिकोत्सव मनाइरहदा विद्यालयले भौतिक र शैक्षिक रुपमा समेत उल्लेख्य प्रगति गरेको बताउँनुभयो ।
विद्यालयले बार्षिक रुपमा लिइने परिक्षाबाट विद्यार्थीको ग्रेटवृद्धिमात्रै नगरेर विद्यार्थीको व्यावहारिक ज्ञानसीपको समेत अभिवृद्धि गनुपर्नेमा शिक्षा साखा प्रमुख ओडारीको जोड थियो । विद्यालयले विद्यार्थीका लागि ग्रेट वृद्धि र सीप विकासलाई समेत एकसाथ लिएर जानुपर्ने र यसै अनुसारको पाठ्यक्रम समेत बनाएर लागु गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल खड्कबहादुर कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा विद्याथीैहरुले विभिन्न सास्कृतिक प्रस्तुतीहरु दिनको साथै मार्चपास, गित, कविता, फेशन शोको प्रस्तुति, विभिन्न खेल र काताको प्रदर्शन, नाटक प्रदर्शन, विभिन्न भाषाभाषीको नृत्य लगायातका प्रस्तुतिहरु विद्यार्थींहरुले राखेका थिए ।

सम्बन्धित खबर