Kanakai Online

फक्तालुङ एजुकेशन फाउण्डेशनले अभिभावक दिवशमा लगायो शैक्षिक महोत्सव


शुक्रवार, फागुन ८, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनले आफ्नो १६ औ अभिभावक दिवशको अवशरमा वृहत शैक्षिक महोत्सवकै शैलीमा आफ्नो वार्षिकत्सव सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक अध्यक्ष दुर्गा नेम्बाङको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङले स्कुललाई आगामी दिनमा बुकफ्रि सेलुयलमा अध्यान अध्यापन गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । हामीले किताबी ज्ञानभन्दा खेलकुद र अन्य माध्यमबाट अहिलेपनि विद्यार्थीको चौतर्फी ज्ञान वढाउने काम गरिरहेको बताउँनुभो ।
यसैविच विद्यालयको १६ औ वार्षित्सवको अवशरमा फक्तालुङ गायन र नृत्य विधातर्फको आइडलको फाईनल प्रतिस्पर्धा समेत गराइएको थियो । जसमा फक्तालुङ गायन ताराका रुपमा आरोही पोखरेल भएकी छिन । उक्त प्रतिस्पर्धामा खुसी दुलाल फस्ट रनर र पारुहाङ आङदेम्बे सेकेण्ड रनरअप भएकी छिन । यता फक्तालुङ डान्स आइडलमा समेत शिखा सेन्चुरी प्रथम हुदा संजिता सुब्बा फस्ट रनरअप र स्वतिका न्यौपाने सेकेण्ड रनरअप भएकी छिन ।
यता विद्यालयले विभिन्न खाद्य स्टल, ऐतिहासिक पुरातात्विक महत्वका सामाग्रीहरुको प्रर्दशनी, विज्ञान प्रदर्शनी, जीपलाईन, धनुषकोड, ढुङ्गाको प्रदर्शनी, पुस्तक प्रदर्शनी, पपेट्री शो लगायातका खेल तमासाहरु अभिभावक दिवशमा राखिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगर शिक्षा साखा प्रमुख राजकुमार ओडारीले जिल्लामै फक्तालुङ एजुकेशनले नमुना शिक्षाको मोडल प्रस्तुत गरिरहेको बताउँदै अन्य विद्यालयले समेत यसको अनुशरण गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सन झापाका कोषाध्यक्ष गुणराज गिरी, कनकाई नगर ब्यासनका अध्यक्ष विनोद उप्रेती लगायातले फक्तालुङ एजुकेशनले विद्यार्थीको चौतर्फी विकासमा पुर्याएको योगदानको प्रसंसा गर्नुभयो ।