कनकाई अनलाईन
झापाको कमल गाउँपालिका ४ सरस्वती टोलमा मजदुर बोकेको ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार १० जना घाईते बनेका छन ।
बुधवार विहान ९ बजेको समयमा कमल गाउँपालिका ४ स्थित भित्री सडकमा दमकबाट क्याम्पातर्फ जादै गरेको प्र १ –०१–००१ त ९६९६ नम्बरको सिमेन्ट मुस्ने मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भित्री सडकखण्डमा मिक्स्चर बोकेको ट्रयाक्टर अनियन्त्रित भएर मिक्स्चरको भाग सडकबाट तल पल्टिएको थियो ।
दुर्घटनामा घाइतेहरुको दमक अस्पताल दमकमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा कमल २ बस्ने ४५ वर्षीय चित्रप्रसाद लिखासन, दमक ४ ४२ वर्षीय हरि राजवंशी, कमल ५ बस्ने ३० वर्षीय सन्तोष ऋषिदेव रहेका छन् ।
त्यस्तै, दमक अस्पताल एन्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेका घाइतेहरु कमल ६ बस्ने २८ वर्षीय सागर ढुङ्गाना, बारा जितपुर सिम्रोनगढ ९ बस्ने ३० वर्षीय जोखु पासवान, रौतहट चन्द्रनिगाहपुर ३ बस्ने १८ वर्षीय जनक साह रहनुभएको छ ।
यसैगरी बारा सिम्रोनगढ ९ बस्ने ५० वर्षीय राजदेव साह, दमक ८ बस्ने ४२ वर्षीय निमा विश्वकर्मा, दमक २ बस्ने ३४ वर्षीय गजेन्द्र विक, कमल ५ बस्ने १८ वर्षीय सुमन नेपालीको उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय दमकले ट्रयाक्टर र चालक इलाम चुलाचुली ५ बस्ने २४ वर्षीय भुवन विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


