कनकाई अनलाईन
झापाको कमल गाउँपालिका ७ ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।
झापा बाह्रदशी घर भई आफ्ना मामाको घर कमल ७ मा मामाको घरमा बस्दै आएका २५ बर्षिय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो ।
उनी मंगलवार साढे ४ बजे घरको सिढीबाट लडेका थिए । उनको उपचाररका लागि उनका मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले वेलुकी ५.४० बजेको समयमा राजवंशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरिक्षक नविन राईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


