Kanakai Online

ओमकार रेडिमिक्समा करेन्ट लाग्दा कामदारको मृत्यु


मङ्गलवार, माघ २८, २०८२ |

कनकाई अनलाईन
गएराती झापाको बिर्तामोड नगरपालिका २ स्थित चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।
सोमवार राती ११ बजेको समयमा सो रेडिमिक्समा हेल्परका रुपमा काम गर्दै आएका शिवसताक्षी नगरपालिका ४ बस्ने २८ बर्षिय राजीव राजवंशी रेडिमिक्स मेशिन सफाई गर्ने क्रममा अचानक विद्युत सर्ट भई सख्त घाईते बनेका थिए । उनको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा सोही राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताउँनुभयो । हाल घटनावारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

सम्बन्धित खबर