कनकाई अनलाईन
झापा ४ मा अहिले चनावी रौनक बढ्दो छ । अन्य जिल्ला र ४ नम्बर क्षेत्रमा समेत टुरिष्ट उम्मेद्धार र आफैले आफैलाई समेत मत हाल्न नपाउने उम्मेद्धारहरु रहेको अवस्थामा यो क्षेत्रमा भने कनकाई नगरपालिका ३ नम्बर वार्डबाट भने एउटै वार्डबाट ४ जनाको उम्मेद्धारी परेको छ ।
कुल १ लाख ३० हजार ७१२ मतदाता मध्ये सबैभन्दा बढी मतदाता सङ्ख्या रहेको यस वार्डमा उम्मेद्धारको सङ्ख्या समेत सबैभन्दा बढी रहेको छ । यसवार्डमामात्रै कुल झण्डै ६ हजारको सङ्ख्यामा मतदाता रहेका छन । ५ हजार ९ सय ६२ मतदाता यस वार्डमा रहेका छन । झापा ४ का २८ वार्डमा सबैभन्दा बढी मतदाता मात्रै यस वार्डमा रहेका छैनन । झापा ४ का १६ उम्मेद्धारमा सबैभन्दा बढी उम्मेद्धारमा सबैभन्दा बढी ४ उम्मेद्धार समेत यसै वार्डका परेका छन । नेपाली कांग्रेसका देउकुमार थेबे, नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजु, श्रम सस्कृति पार्टीकी अमृता राई र नेपाल कम्युनिष्ट पार्टी माक्सवादी पुष्पलालबाट गैती चिन्हमा टेकबहादुर अधिकारीले यसपटक चुनावी प्रतिस्पर्धामा निक्किएर घरदैलो समेत सुरु गरिसकेका छन । यी मध्ये नेपाली कांग्रेसका देउकुमार थेबे र टेकबहादुर बुडाथोकीले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहदा पुरुषोत्तम चुडाल राजुले दोस्रो पटक चुनावी दौडमा निस्किएका छन । उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा समेत तत्कालिन माओवादी केन्द्रबाट निर्वाचनमा उम्मेद्धार रहेका थिए । त्यसवेला एमालेका उम्मेद्धार प्रेम गिरीबाट पराजित हुन पुगेका थिए । यता श्रम सस्कृति पार्टीबाट उम्मेद्धारी दिएकी अमृता राई लामो समयसम्म एमालेको जिल्ला सदस्य लगाातका पदमा रहेकी उनी पछिल्ले समय भने पार्टीबाट निक्रिय रहदै आएकी थिइन ।
उनी हाल धरानमा मेयर हर्क साम्पाङ राईले स्थापना गरेको पार्टी श्रम सस्कृति पार्टीबाट उम्मेद्धार बनेकी हुन । यता नेपाली कांंग्रेसका जिल्ला सभापति समेत रहेका देउकुमार थेबे भने यसअघि समेत २०७४ र २०७९ सालमा यसै क्षेत्रमा उम्मेद्धारी दिएर हालका पुव साम्सद एलपी साँबा लिम्बुसग पराजित हुदै आएका थिए । समग्रमा उनी तेस्रो पटक उम्मेद्धारीमा रहेका छन । नेकपाबाट उम्मेद्धारी दिएका चुडाल भने यसअघिका पछिल्ला निर्वाचनहरुमा पार्टीले कहिले एमाले त कहिलेृ कांग्रेससग चुनावी तालमेल गर्दा उनी आवद्ध पार्टी उम्मेद्धार विहीन जस्तो भएको थियो । यद्धपि झापा ४ मा यसअघिको निर्वाचनमा उनी आवद्ध पार्टीले समानुपातिकमा भने राम्र्रो मत ल्याएको थियो ।


