Kanakai Online

झापा ४ नेकपा पुष्पलालका टेकबहादुरले थाले चुनावी अभियान


मङ्गलवार, माघ २१, २०८२ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का नेपाल कम्युनिष्ट पार्टी माक्सवार्दी पुष्पलालका उम्मेद्धार टेकबहादुर अधिकारीले आफ्नो चुनावी अभियान थालेका छन ।
झापाको सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेद्धार अधिकारीले आफ्नो चुनावी अभियान सुरु गरेका हुन । अधिकारी झापा ४ बाट यो सहित तेस्रो पटक निर्वाचनमा उम्मेद्धारी दिएका हुन । यसअघिको २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा समेत झापा ४ बाट उठेका अधिकारी उक्त पार्टीका केन्द्रिय सदस्य समेत हुन । झापा सुरुङ्गा निवासी ५३ बर्षिय अधिकारीको चुनाव चिन्ह गैती रहेको छ । उनले आफुले निर्वाचन जितेमा हरेक गरिब नेपालीको घरको चुल्हो बाल्नका लागि राषन कार्डको प्रबन्ध गर्ने र शिक्षा र स्वास्थ्य अनिवार्य र निशुल्क रहने प्रतिवद्धता जनाएका छन । हामीले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार महिनाको १० हजार रुपैँया सम्मको सैलियातको राषन कार्डको व्यावस्था गर्ने हो भने कोहीपनि नेपाली भोक्कै मर्नुपर्ने अवस्था आउदैन पत्रकार सम्मेलनमा अधिकारीले भने । उनले कृषकहरुका लागि समयमै मल बिउ र सिचाईको समेत प्रबन्ध गरिछाडने प्रतिवद्धता जनाए । अधिकारी भुतपुर्व वन विभागका कर्मचारी समेत हुन ।
झापामा नेकपा पुष्पलालको पार्टीबाट उनीमात्रैले प्रत्यक्षमा एकल उम्मेद्धारी दिएका हुन । आफ्ना पार्टीका धेरै नेता कार्यकर्ताहरु नेकपा विप्लप र नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपनि आफुहरु भने विचलित नभई पार्टीमा रहिआएको पत्रकार सम्मेलनमा अधिकारीले बताए ।

सम्बन्धित खबर