Kanakai Online

सातौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक


मङ्गलवार, माघ २१, २०८२ |

कनकाई अनलाईन
बिर्तामोड, मोफसलकै प्रतिष्ठित मानिने सातौ झापा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । यसपटकको गोल्डकप गोल्डकपका पुर्व अध्यक्ष समेत रहेका स्वर्गिय विनोद बस्नेतको स्मृतिमा डोमालाल रङ्गशाला बिर्तामोडमा गर्न लागिएको हो ।

माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताउनुभयो ।
त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच हुनेछ ।
तेस्रो क्वार्टर फाइनल खेलमा माघ २८ गते एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम क्वार्टर फाइनल खेल माघ २९ गते मछिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबीच हुने छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १ गते र दोस्रो सेमिफाइनल खेल फागुन २ गते हुनेछ । फाइनल खेल फागुन ४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले सात लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको मुख्य प्रयोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको छ ।