कनकाई अनलाईन
झापाका उम्मेद्धारहरु आगामी फागुन २१ गतेको निर्वाचनका लागि भोट माग्न घरदैलोमा व्यस्त बनेका छन ।
झापाका ५ वटै निर्वाचन क्षेत्रमा मुख्य दल र स्वतन्त्र र अन्य नयाँ दलहरुका उम्मेद्धार समेत भोट माग्नका लागि घरदैलोमा व्यस्त बनेसगै यहाँका गाउँघरमा चुनावी सरगर्मी बढेको हो ।
झापाका ५ वटै निर्वाचन क्षेत्रमा हाल ५ जनाका लागि ९० जनाले उम्मेद्धारी दर्ता गराएका झापाका मुख्य निर्वाचन अधिकृत तुलसी नेपालले बताउँनुभयो । झापामा सबैभन्दा कम क्षेत्र नम्बर १ मा १५ जना र सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा २४ जनाले उम्मेद्धारी दर्ता गराएका छन । झापाको क्षेत्र नम्बर ४ का स्वतन्त्र पार्टीका उम्मेद्धार सम्भुप्रसाद ढकालले आफुले हरेक दिन कम्तीम १५ भन्दा वढी स्थानमा कोणसभा र सम्भव भएसम्म घरदैलोमा पुग्ने कोशिस जारी रहेको बताउँनभयो । आफुहरुले हरेक टोल टोल सम्म समेत टोल समिति समेत गठन गरेका कारण टोल समितिकै अगुवाईमा समस्या पहिचान गर्ने र जनताहरुका गुनासा समेत टिपोट गर्ने गरेको उहाँको भनाई छ, गत २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा समेत आफुले यस क्षेत्रम स्वतन्त्र पार्टीक तर्फबाट उम्मेद्धारी दर्ता गराएर घरदैलोमा पुगिसकेका कारण आफु यस निर्वाचन क्षेत्रका जनताको घरदैलोमा जान सजिलो भएके ढकालको भनाई छ । झापामा आफुहरुले प्रधानमन्त्री दावी गरेको उम्मेद्धार वालेन्द्र शाह समेत क्षेत्र नम्बर ५ मा उम्मेद्धारीमा उत्रिएका कारण आफुहरुलाई थप मद्धत मिलृेको ढकालको भनाई छ । यता यसै क्षेत्रमा नेकपा एमालेका तर्फबाट पुर्वसांसद समेत रहनुभएका एलपी साँबा लिम्बुले निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी बनाएर अहिले घरदैलोमा जुटनु भएको छ । आफुले २ कार्यकाल यस क्षेत्रमा निर्वाचित सांसद भएर काम गरिसकेृका कारण प्राय सबैजसो समस्याका वारेमा जानकार रहेको सांसद साँबाले बताउँदै आउँनुभएको छ । जेन्जी आन्दोलनको मर्म र भावना भ्रष्टाचार रहित समाज र सुशासन रहेको र आफुले निर्वाचित हुन पायो त्यो कर्म आफुबाट हुने बताउँदै जनताको घरदैलोमा सुनाउँदै आएको एमाले उम्मेद्धार साँबाले बताउँनुभयो ।
यता नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्धार बन्नुभएका पुरुषोत्तम चुडाल राजुले समेत आफुसमेत विभिन्न उपसमिति बनाएर चुनावी दौडमा निस्किएको पत्रकार सम्मेलन गरेर जानकारी गराउँनुुभएको छ । पार्टीका केन्द्रिय सदस्य बिजय साम्पाङ्ग बिजयको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनम होमिएको चुडालले बताउँनुभयो । यस्तै नेपाली कांग्रेसका उम्मेद्धार देउकुमार थेबे समेतले निर्वाचनको प्रचार पूसारको कार्यलाई तीव्र बनाउनुुभएको छ । थेबे नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएको छ । उहाँ यसअघिका २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा समेत यसै निर्वाचन क्षेत्रबाट उम्मेद्धार भई दुबै पटक उपबिजयी बनिसकेका कारण यसपट भने बिजयी हुने उच्च मनोबलका साथ निर्वाचनमा होमिएको बताउँदै आउँनुभएको छ ।
यता झापाको क्षेत्र नम्बर ५ मा पुर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता समेत रहनुभएका तथा प्रधानमन्त्रीका रुपमा रास्वपाबाट घोषणा गरिएका उम्मेद्धार बालेन्द्र शाह निर्वाचनमा रहनुभएकोले तथा झापा २ बाट एमालेबाट सभामुख देवराज घिमिरे र रास्वपाबाट उपसभामुख समेत रहनुभएकी ईन्दिरा राना मगर निर्वाचनको चुनावी भीडन्तमा रहनुभएको दुबै क्षेत्रमा निर्वाचनको माहौल थप तातेको छ ।


