Kanakai Online

सिरहामा कांग्रेसको वनभोज , नेतालाई मटन, सर्वसाधारणलाई चिकेन


बिहिवार, पौष १७, २०८२ |

कनकाई अनलाईन

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका(१४ स्थित सर्रेअम्बासमा कांग्रेस, सिरहाले बिहीबार वनभोज कार्यक्रम आयोजना गर्‍यो ।

अंग्रेजी नयाँ वर्षका अवसरमा जिल्ला सभापति रामचन्द्र यादवको अगुवाइमा भएको वनभोजमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव गरी दुई मुख्यमन्त्री सहभागी भए ।

यसका अलावा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल रायलगायत पनि वनभोजमा आइपुगेका थिए । उनी र मधेशका मुख्यमन्त्री यादव स्थलमार्ग हुँदै सरकारी गाडी लिएर वनभोजमा आएका थिए भने बागमतीका मुख्यमन्त्री बानियाँ हवाइमार्ग हुँदै हेलिकप्टर चढेर आएका थिए ।

वनभोजका नाममा गरिएको यस्तो तडकभडकको चौतर्फी रूपमा आलोचना भइरहँदा वनभोजमा खानपानमा पनि छुट्याइएको पाइएको छ । वनभोजमा सहभागी नेता र सर्वसाधारणलाई छुट्टाछुट्टै प्रकारको खानेकुरा खुवाएको पाइएको हो ।
ऋयलनचभककुक ायचभकत ाभबकत ष्ल क्ष्चबजबस् ःगततयल ायच भिबमभचक, अजष्अपभल ायच अयmmयल उभयउभिवनभोजमा नेतालाई मटन, कार्यकर्ता र सर्वसाधारणलाई भने चिकेन खुवाइएको हो । कांग्रेसका जिल्ला सहसचिव रामबाबु यादवले नेतालाई मटन र सर्वसाधारणलाई चिकेन खुवाइएको स्वीकार गरेका छन् ।

यस्तै, शाकाहारीलाई भने दही र आलु(गोबीको तरकारी खुवाइएको उनले बताए । ुचिकेन त धेरै नै खपत भयो, मटन त्यति भएन,ु उनले कान्तिपुरसित भने, ुमटन नेता र भीआईपीका लागि मात्रै थियो ।ु

वनभोजमा तीन(चार हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएको उनले बताए । उनका अनुसार, त्यहाँ दस हजार नेता कार्यकर्ता उतार्ने योजना थियो । वनभोजमा १ हजार किलो चिकेन र ३ सय किलो मटन पकाइएको खाना पकाउँदै भेटिएका भान्सेले बताए ।

सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवले भने वनभोजमा कुनै भेदभाव नभएको दाबी गरेका छन् । त्यहाँ कुनै तडकभडक नभएको र २०/२५ हजार मात्रै खर्च भएको दाबी उनले गरे ।

कुनै भेदभाव भएको होइन, सबैले सबै चिज खाए, उनले भने, कुन चिज कति खपत भयो, त्यो अहिले थाहा भएन, हिसाबकिताब गर्नुपर्छ, २०/२५ हजार मात्रै हो खर्च भएको । वनभोजका नाममा सरकारी सवारीसाधनको दुरुपयोग पनि उस्तै भएको पाइयो ।

सम्बन्धित खबर