
कनकाई अनलाईन
झापाको कनकाई नगर प्याब्सनद्धारा यहाँस्थित प्राज्ञ पवन राजवंशी र शिक्षासेवी केशव वेडारीलाई सम्मान गरेको छ ।
कनकाई नगर प्याब्सनद्धारा हिजो शनिवार आयोजित साङ्गीतिक कार्यक्रममा दुबैजनालाई सम्मान गरिएको हो ।
कनकाई नगरपालिका निवासी दुबैजनालाई आआफ्नो कर्म क्षेत्र र शिक्षा क्षेत्रमा पुर्र्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले बताउँनुभयो । सम्मानित कनकाई ९ घैलाडुब्बा निवासी राजवंशी कुशल चित्रकार सफल पत्रकार र प्रशिक्षक समेत रहनुभएको छ । उहाँ यसअघि समेत ४ दर्जन विभिन्न सम्मानबाट सम्मानित व्याक्तित्व समेत रहनुभएको भएको छ ।
यता केशव वेडारी लामो समयदेखि निजि विद्यालय सञ्चालन गरेर समाजमा शिक्षाको ज्योति बाल्नु भएको व्याक्तित्व रहनुभएको छ ।
दुबैजनालाई कनकाई नगरपालिकाका कार्यवाहक नगरप्रमुख समेत रहनुभएकी नगरपालिका उपप्रूमुख आशा शर्मा शिवाकोटीले सम्मानित गर्नुभयो ।
यसैविच प्याब्सन कनकाईद्धारा नगरका प्याब्सनमा आवद्ध विभिन्न १६ विद्यालयका विद्यार्थीहरुका विच सिनियर तथा जुनियर विधामा गायन तथा सात्रिय विधातर्फ नृत्य विधामा प्रतिस्र्धा भएको थियो ।
कनकाई नगरपालिका ९ स्थित अरुणोदय अंगूेजी विद्यालयमा आयोजित कार्यक्रममा प्याब्सनका पुर्व केन्द्रिय सदस्य एलपी उप्रेती, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला अध्यक्ष छत्र कार्की, सचिव लक्ष्मी उप्रेती, जिल्ला सहसचिव बिनोद सुब्बा लगायातको आतिथ्यता रहेको थियो ।
प्याब्सन कनकाईका कोषाध्यक्ष बिमान लामाले स्वागत गरेको कार्यक्रममा सञ्चालन सचिव गोकुल उप्रेतीले गर्नुभएको थियो ।



