Kanakai Online

कनकाई बचत तथा ऋण सहकारीको नाफा १४ लाख, १४ औं बार्षिक साधारण सभा १४ सम्मानित


आइतवार, मंसिर २९, २०८२ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीले शनिबार आफ्नो १४ औं बार्षिक साधारणसभा गर्दै १४ जनालाई सम्मान गरेको छ । संयोगपनि यो सहकारीले यस आर्थिक बर्ष ८१÷८२ मा समेत खुद १४ लाख ७ हजार ७ सय ९८ रुपैँया खुद नाफा गर्न सफल बनेको छ ।

हिजो कनकाई उध्योग वाणिज संघको सभाहलामा संस्थाका अध्यक्ष प्रेम प्रसाद चुडाल ( प्रकाश) को अध्यक्षता र सामाजिक व्यक्तित्व कनकाई वडा नं. ३ का पुर्व वडा अध्यक्ष तथ कनकाई सामुदायिक वनका पुर्व अध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका जेष्ठ शेयर सदस्यहरु नरबहादुर खवास , अग्निप्रसाद नेपाल र पृथ्वीमाया लिम्बु , असल ऋणीहरु विष्णुप्रसाद दाहाल र गीतामाया गिरी केसी, असली ऋण असुली तर्फ भोला दाहाल , मासिक बचतकर्ता महिलातर्फ सुशीला बिक मुर्मु र पुरुषतर्फ गुरुप्रसाद गौतम, दैनिक बचतकर्ता शान्त दाहाल खतिवडा , ममता चौधरी र मालती लिम्बु त्यसैगरी एसइमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरू सामुदायिक विद्यालयतर्फ गौरव ढुंगेल र आर्जु ढकाल , निजी विद्यालयतर्फ कृपा भट्टराई गरी १४ जनालाई सम्मान गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि रुद्रप्रसाद चिमरिया कार्यक्रमका अध्यक्ष प्रेमप्रसाद चुडाल (प्रकाश) साथै अतिथिहरूले नगद सहित सम्मानपत्रबाट सम्मान गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष चुडालले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई बचत गर्ने बानी बसाउन उत्प्रेरित गरि संकलित रकमबाट सदस्यको मानवीय आवाश्यकताहरुको परिपुर्ति गर्न , विभिन्न कार्यक्रम संचालन गर्न सदस्यलाई उचित ब्याजदरमा ऋण लागनी तथा असुलि गर्न , संस्थाका शेयर सदस्यहरुको आर्थिक , सामाजिक , शैक्षिक , साँस्कृतिक , प्रविधिक दक्षता तथा नैतिक आवाश्यकतामा सुधार गर्ने उदेश्यले संस्था स्थापना भएको वताउनु भयो ।

उहाँले संस्थामा हाल १४२९ शेयर सदस्य रहेको र संस्थाको शेयर पुजी १ करोड १० लाख ६४ हजार एक सय रुपैयाँ , जगेडा कोष १ करोड १६ लाख , ६० हजार आठसय उनन्चास रुपैयाँ , जोखिम कोष ३० लाख ७९ हजार एकचालीस रुपैयाँ , निक्षेप संकलन ५ करोड ८४ लाख ६० हजार छ सय एकासी रुपैयाँ , सदस्य ऋण २ करोड ४६ लाख ९ हजार छ सय सतासी रुपैयाँ , सम्पत्ति सामान २९ लाख १५ हजार पैतिस रुपैयाँ भएको र २०८१÷२०८२ मा संस्थालाई १४ लाख ७ हजार सात सय अन्ठानब्बे रुपैयाँ मुनाफा भएको जानकारी गराउनु भयो ।

प्रतिवेदन प्रस्तुतकै क्रममा अध्यक्ष चुडालले शेयर सदस्यहरुलाई नियमित मासिक बचतमा जोड दिन र समय सिमामा ऋण चुक्ता गर्न अनुरोध गर्दै संस्थाको भावि कार्यक्रम समेत प्रस्ट पार्नुभएको थियो । यसैगरि अध्यक्ष चुडालले आफ्ना शेयर सदस्यहरुका लागि गाई भैसी पालनमा १ लाख सम्म ऋण लगानी गर्ने र वन संरक्षण र पर्यटनको क्षेत्रमा काम गर्ने समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष भिष्म मैनालीले आर्थिक बर्ष २०८१÷०८२ को अनुमानित आय , आर्थिक बर्ष २०८१÷०८२ को यथार्थ आय तथा २०८२÷२०८३ को अनुमानित आय प्रस्तुत गर्नुका साथै संस्थाको वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो थियो ।

तेस्तै लेखा समिति संयोजक श्रीप्रसाद खरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै विना धितो लगानी गरिएका ऋणमा बार्षिक रुपमा कटौती गरी व्यक्तिगत कर्जा ऋण रु ५ हजार देखि १० लाख सम्म र सामुहिक ५ जनाको ऋणमा १० जना सामुहिक लगानी यथावत् रु १ लाख गरी लगानी गर्न सुझाव दिनुभएको थियो भने संस्थाका सदस्य तथा ऋण संयोजक खेमराज कार्कीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ऋणको अवस्था वारे प्रष्ट पार्नु भएको थियो ।

साधारण सभामा प्रस्तुत उल्लेखित सबै प्रतिवेदन माथि सभाको बन्दसत्रले व्यापक छलफल गरी अनुमोदन गरेको संसथाको व्यवस्थापक लिलाकुमारी भुजेलले जानकारी गराउनु भयो ।

सामाजिक व्यक्तित्व कनकाई वडा नं. ३ का पुर्व वडा अध्यक्ष तथ कनकाई सामुदायिक वनका पुर्व अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि रुद्रप्रसाद चिमरिया , कनकाई सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी पाठक , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , टिका पाठक , विकास प्रसाद उप्रेती लागयतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत संस्थाका उपाध्यक्ष कमल मैनालिले गर्नुभएको थियोे भने कार्यक्रम संचालन संस्थाका सचिव श्याम पौडेलले गर्नुभएको थियोे ।