Kanakai Online

वासिङटन डिसी घोषणापत्र जारी गर्दै अन्तरारिष्ट्रय झापाली समाजको सम्मेलन


सोमवार, वैशाख ८, २०८२ |

कनकाई अनलाईन
अन्तराष्ट्रिय झापाली समाजको चौथो क्षेत्रिय सम्मेलन ८ वुदे वासिङटन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
अमेरिकाको भर्जिनियामा सम्पन्न भएको उक्त सम्मेलनले ८ वुदे वासिङटन घोषणापत्र जारी गरेको छ । जसमा अन्तराष्ट्रिय झापाली समाजको क्षेत्रिय सम्मेलनलाई निरन्तता दिदै आगामी पाचौ क्षेत्रिय सम्मेलन ओशनिया क्षेत्र अन्तर्गत अस्टे«लिायामा गर्ने, अन्तराष्ट्रिय झापाली समाजले घोषणा गरेका कार्यक्रमहरुलाई कार्यान्वयनका लागि आवश्यकताका अनुसार तीनै तहका सरकार र स्थानीय संघ संस्थाहरुसग समन्वय गर्ने, कतार घोषणापत्र, सिओल घोषणापत्र र माल्टा घोषणापत्रको भावनाअनुसार कषि, स्वास्थ्य, शिक्षा र पर्यटन, खेलकुदका क्षेत्रमा सामुहिक लगानी गर्ने, अन्तराष्ट्रिय झापाली समाजको आफ्नै भवन बनाउने, संस्थाको आफ्नै अक्षयकोष बनाउने, चाडै संसारमा झापाली नामक पुस्तक प्रकाशन गर्ने, झापाली समाज अमेरिकाले स्थापना गरेको विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई अन्तराष्ट्रिय झापाली समाजको तर्फबाट आवश्यक समन्वय गर्ने रहेको छ ।
नेपाली दुतावास वासिटन डिसीका नियोग उपप्रमुख शरदराज ऐरनको प्रमुख आतिथ्यता तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा सम्मेलन आयोजना भएको हो । सम्मेलनमा स्वागत झापाली समाज अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन झापाली समाजका महासचिव नविन पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण झापाली समाज अमेरिकाकी महासचिव सीता पाण्डे र सचिव तोया पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा झापाली समाजले हालसम्म गरेका कार्यहरुको डकुमेन्टी भिडियो बनाएर देखाइएको थियो । अमेरिकाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा विश्वभर छरिएर रहेका झापालीहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।

(

सम्बन्धित खबर