Kanakai Online

बाईकको ठक्करबाट पैदलयात्री ठहरै


मङ्गलवार, वैशाख २, २०८२ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ८ मा मोटरसाइकलको ठक्करबाट घाईते बनेका एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोमवार साँझ ६ बजेतिर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बुद्धचौकस्थित पूर्वपश्चिम राजमार्गमा डुँडामारी चौकबाट झिलझिलेतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री शिवसताक्षी नगरपालिका ८ बस्ने ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिले लगिएकोमा थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । घाईते दर्जीको उपचारका क्रममा मंगलवार साँझ ६.३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ बस्ने ३० वर्षीय दुरेन शेर्मा लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर