
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा यहाँका अग्रज शिक्षासेवी अखिल कोइरालाको नेतृत्वमा नेतृत्वमा सञ्चालित हाम्रो पाठशाला छैटो बर्षमा प्रवेश गरेको छ ।

विद्यालयले पाचौ बर्ष पूरा गरेको अवशरमा आजै विद्यालयले विशेष कार्यक्रमका विचमा आफ्नो छैटो बार्षिकोत्सव विविध कार्यक्रमका विच मनाएको छ । सो अवशरमा यस क्षेत्रका अग्रज शिक्षासेवी तथा कनकाईका हेडसर उपनामले परिचित पुर्व शिक्षक चन्द्र मैनाली सहित हाम्रो पाठहशाला विद्यालय स्थापना कालका संस्थापक अभिभावहरुलाई समेत सम्मान गरिएको थियो ।

कलानिधि शिक्षा प्रतिष्ठानद्धारा सञ्चालित यस विद्यालयले आयोजना गरेको कार्यक्रममा वरिष्ठ शिक्षासेवी मैनालीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले कनकाई नगरपालिका क्षेत्रलाई शिक्षाको हव बनाउने अभियानमा यस हाम्रो पाठशाला परिवारले अन्यभन्दा ठुलो भुमिका खेलेको बताउँनुभयो ।

कनकाई उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका व्यवस्थापन समिति अध्यक्ष धर्मकला कोईरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षकका रुपमा शान्तिमाया राई र कमला प्रसाई यसैगरी पुर्वशिक्षक मिरा प्रधानलाई सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीका रुपमा किन्जन निरौलालाई सम्मान गरिएको थियो भने विद्यार्थीको मात्रै नभएर अभिभावकको समेत उत्कृष्ट नृत्य कार्यक्रममा समावेश गरिएको थियो । कार्यक्रममा कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, विद्यालयका अभिभावक संघका अध्यक्ष शिव कडेँल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कनकाई नगर व्याप्सनका अध्यक्ष विनोद उप्रेती, रोटरी क्लब अफ सुरुंगाका लुवराज उप्रेती, विद्यालयका संरक्षक इन्द्रमणि कोइराला, शुभद्रा कोइराला, सुरुंगा जेसीजकी पूर्व अध्यक्ष सरला दाहाल पोखरेल, प्रविन तिम्सिना, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक कार्की, महासचिव सरोज सिटौला लगायतको आतिथ्य रहेको थियो । यस क्षेत्रका अग्रज शिक्षासेवी अखिल कोइरालाको नेतृत्वमा २०७५ साल सरस्वती पुजाको अवशर पारेर ७ जना विद्यार्थीबाट सुरु भएको यस विद्यालय अहिले कक्षा ६ सम्म सञ्चालनमा रहेको छ ।
कार्यक्रमको स्वागत मन्तव्य विमला रिजाल, कक्षा ३ का विद्यार्थीहरू रिदम घिमिरे र नौतन संग्रौलाले राखेका थिए। कार्यक्रम सञ्चालन मीरा प्रधानले गरेकी थिईन । विद्यार्थीहरुको नृत्य तथा गायनलाई प्रत्यक्ष रुपमा देखाईनको साथै आफ्ना विभिन्न कला प्रस्तुतिहरुले कार्यक्रम आकर्षक बनेको थियो ।


