Kanakai Online

बिर्तामोडमा युवा संघका ३ कार्यकर्तामाथि क,त्ती प्रहार


मङ्गलवार, फागुन २७, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा ग्याङ्ग फाईट हुदा युवा संघका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सहित ३ जना घाईते बनेका छन ।
सोमवार राती १ बजेको समयमा तरवार प्रहारबाट एमाले निकट युवा संघका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ बर्षिय खगेन्द्रराज आङदेम्बे(राज), एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ बर्षिय विश्वदिप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० बर्षिय अजय खबास रहनुभएको छ ।


घाईतेहरु सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाईतेमध्ये केन्द्रिय सदस्य खगेन्द्रको आईसियुमा र वाकीको अर्थोमा राखेर उपचारभईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घाईते आङदेम्बे एमाले कार्याकर्ता खगेन्द्र खालिङको घरमा राती १ बजे गएका थिए त्यहाँ विवाद हुदा खालिङले तरबार प्रहार गरेका थिए । घाईते आङदेम्बेलाई रोक्न खोज्दा अर्का घाईते अजय खबासको हातको ४ वटा औम्ला काटिएको छ ।
उनको शरिरको विभिन्न स्थान र अनुहारमा चोट लागेको छ । उनको थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भइरहेको युवा संघका केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका पर्वतराज भण्डारीले बताउँनुभयो । यता अर्का घाईते विश्वदिप राजवंशीलाई भने बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडमा दरबार रेष्टुरेष्टबाट ओर्लिनसाथ मोटरसाईकलमा आएका ४ जनाको समुहले आक्रमण गरि घाईते बनाएका छन । घाईतेको अस्पतालमा उपचार भइरहेको र आक्रमणमा संग्लनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । झगडामा सामेलहरु सबैजना एकअर्काका मिल्ने साथी भएको बुझिएको छ । उनीहरुविच आर्थिक लेनदेनको विषयले झगडा परेको हो या राजनैतिक कारणले हो यसवारेमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
फोटो ः युवा संघका केन्द्रिय सदस्य आङदेम्बे बिएण्डसी अस्पतालमा उपचारमा रहदै

सम्बन्धित खबर