
कनकाई अनलाईन
वैदेशिक रोजगारीका क्रममा विदेशी भुमि कोरियामा रहेका यहाँका युवा देवेन्द्र रिसालले आफ्नो जन्मदिन आफुले कखरा सिकेको विद्यालयमा मनाएका छन ।

कनकाई नगरपालिका २ निवासी देवेन्द्र रिसालले आफुले सानो कक्षामा अध्यान गरेको विद्यालय जानकी आधारभुत विद्यालयमा आफ्नो ३७ औ जन्मदिन मनाएका छन । उनी हाल रोजगारीका क्रममा कोरियामा रहेका छन । उनी विदेशमा भएपनि आफुले जन्मदिनमा गर्ने फजुल खर्चलाई कटाएर गाउँकै विद्यालयमा कक्षा १ का विद्यार्थीलाई स्कुल ब्याग र चप्पल प्रदान गर्दै केक काटेर आफ्नो जन्मदिन मनाएका हुन । उनले हरेक बर्ष यसरीनै जन्मदिन मनाउने बताए हाल कक्षा १ का विद्यार्थीलाई सहयोग गरे अब क्रमश २, ३ हुदै जाने छु रिसालले भने । यसरी आफुले अध्यान गरेका विद्यालयमा जन्मदिन मनाउन पाउँदा आफुलाई थप आनन्द मिलेको रिसालको भनाई थियो । जन्मदिनमा मनाउनेक्रममा भने रिसाल स्वयम भने उपस्थिति थिएनन उनको जन्मदिनको केक श्रीमती सपना, आमा र मिलनसार मित्र कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेतीले काटिदिए उनको जन्मदिनको शुभकामना दिनका लागि कनकाई २ कै वडाअध्यक्ष प्रताव राई प्रमुख अतिथिका रुपमा सहभागि भए । उनले देवेन्द्रको जस्तै सिको सबै भुतपुर्व विद्यार्थीले गर्नसके कोहीपनि विद्यार्थी भोक्कै नाङगै हुनु नपर्ने बताउँनुभयो ।
यता जानकी आधारभुत विद्यालयकी प्रअ इन्दिरा पाठकले अत्यन्त निम्न बर्गका अभिभावकहरुका नानीहरु अध्यान गर्ने यस विद्यालयमा विद्यार्थीहरु भोकभोक्कै र जाडोको वेलामा समेत कष्टकर अवस्थामा स्कुल आउने गरेकोले दातापरिवारबाट सहयोगको खाचो रहेको बताउँनुभयो ।
विद्यालयका व्यावस्थापन समिति अध्यक्ष घनश्याम गुरागाई, पत्रकार लीलाराज झापाली, आईपी भट्टराई, धनुषकोटी धामका अध्यक्ष भक्तबहादुर पौडेल, पण्डित युवराज नेपाल लगायातको जन्मदिनको कार्यक्रममा आतिथ्यता रहेको थियो । वालवालिकासग जन्मदिन नाम दिइएको उक्त कार्यक्रममा अन्य युवाले समेत होटलमा गर्ने फजुल खर्चलाई यसरी परोपकारी कार्यमा लगाउन सके जन्मदिनकै दिनबाट एक असल कार्यको समेत सुभारम्भ हुन सक्ने स्थानीय युवा कैलाश बरालले बताए ।