कनकाई अनलाईन
आगामी चैत्र १६ गतेदेखि सुरु हुने तेस्रो नेपमल सुपर लिग एनएसएलमा कोशी प्रदेशकै तर्फबाट प्रतिनिधित्व गर्ने झापा एफसीले उपाधि रक्षाको लक्ष्य राखेको जनाएको छ ।
प्रतियोगिताको तयारीका वारेमा झापा बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै झापा एफसीका अध्यक्ष अर्पण खड्काले आफ्ना तर्फबाट सम्पुर्ण तयारी पूरा गरिएको र यसपटक झापाले उपाधि रक्षा गर्नेगरी तयारी पूरा गरिसकेको अध्यक्ष खड्काले बताउँनुभयो ।
क्लवले मार्की खेलाडीका रुपमा धरानका लकेन लिम्बुलाई अनुबन्ध गरेको तथा टिम कोचका रुपमा पुर्व नेपालका राष्ट्रिय कोच समेत रहिसक्नुभएका प्रवेश कटुवाललाई अनुबन्ध गरेको जानकारी गराइएको छ । अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक रहेका कटुवालले लिग जिताउनुभएको थियो । झापा एफसीले मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई भित्र्याएको छ । उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपालीभाषी भुटानी प्रवीण बस्नेतले झापा एफसीबाट खेल्ने छन् ।
गोल किपिङ कोचमा मिन बस्नेतलाई अनुबन्ध गर्दा झापा एफसीले गोलकिपर प्रशिक्षकमा झापा मेचीनगरका मीनबहादुर बस्नेत तथा सहायक प्रशिक्षकमा झापा दमकका कुमार गिरीलाई अनुबन्ध गरेको छ ।
तेस्रो संस्करणको नेपाल सुपर लिगमा झापा एफसीले क्लबको एम्बसेडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई दोहोर्याएको छ ।
पत्रकार सम्मेलनमा टिम अध्यक्ष खड्काले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा भएकोले कोशी प्रदेशका सबै दर्शकहरुको साथ आफुहरुलाई रहने समेत बताउँनुभयो ।
त्यस्तै, छिरिङ गुरुङलाई रिटेन गरेको छ भने आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट लिएको छ ।
सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
सहिद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित क्लव स्थापना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
अध्यक्ष खड्काले महिला फुटबल टिम, उमेर समूहका टिम, फुटबल एकेडेमी र आफ्नै रंगशाला बनाउने उद्देश्य रहेको बताए । त्यसका लागि ६ बिघा जग्गाको खोजी भइरहेको जानकारी दिनुभयो । आफुहरुले विदेशी क्लवकै शैलीमा झापा एफसी फुटबल क्लवलाई लिएर जाने र आफ्नो मुख्य लक्ष्य व्यापारिक नभएर देशमा फुटबल खेलको विकास गर्नुरहेको खड्काले बताउँनुभयो ।
आगामी चैत्र १६ गतेदेखि हुने प्रतियोगितामा झापा सहित ललितपुर, पोखरा, चितवन, बुटवन र लुम्बिनी काठमाण्डौ गरी ७ टिमको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, सहारा नेपालका अध्यक्ष महेन्द्र गिरी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रसान्त भण्डारी लगायातले पुर्वको प्रतिनिधित्व झापा एफसीले गरेको बताउँनुभयो ।